मुख्य समाचार
‘मेरी छोरी पनि मसँगै खेलिरहेकी थिइन्’
‘मेरी छोरी पनि मसँगै खेलिरहेकी थिइन्’

: विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सपना संसारभरका खेलाडीको हुन्छ। यसमा कोहीको सपना पूरा हुन्छ भने कोहीको सपना सपनामै सीमित हुन्छन्। आफ्नो सपना पूरा गर्नेको संघर्ष र सफलताका कथा पनि फरक फरक हुन्छन्। विभिन्न चुनौती र संघर्षसँगै जुध्दै देशका लागि पदक जित्ने सपना बोकेकामध्येकी एक हुन्, इजिप्टकी फेन्सिङ खेलाडी नाडा हाफिज।

नाडाले पेरिस ओलम्पिकमा महिलाको व्यक्तिगत सेबरमा प्रतिस्पर्धा गरेकी थिइन्। पहिलो खेलमा अमेरिकाकी एलिजावेथ टार्टाकोवस्कीलाई पराजित गरेकी उनी दोस्रो खेलमा भने पराजित भइन्। निकै प्रतिस्पर्धात्मक खेलमा उनी दक्षिण कोरियाकी जियोन हायोङसँग पराजित भइन्। कोरियाली खेलाडीसँग प्रिक्वार्टरफाइनलमा पराजय भएसँगै उनको पेरिस ओलम्पिक यात्रा पनि समाप्त भएको थियो।

नाडाले कोरियाकी खेलाडीसँग पराजित भएपछि सामाजिक सञ्जाल इन्टाग्राममा एउटा स्टाटस लेखेकी थिइन्। त्यही स्टाटसले उनलाई रातारात भाइरल बनायो। उनी पेरिस ओलम्पिककै चर्चित खेलाडी बन्न पुगिन्। २६ वर्षीया नाडाले इन्टाग्राममा लेखेकी थिइन्, ‘यस पटकको ओलम्पिकमा हामी दुई जना होइन, तीन जना प्रतिस्पर्धा गरिरहेका थियौं। म अहिले सात महिनाको गर्भवती छु। म विपक्षीसँग प्रतिस्पर्धा गरिरहँदा मसँग मेरी छोरी पनि खेलिरहेकी थिइन्, सानी ओलम्पियन।’

सात महिनाको गर्भवती अवस्थामा पनि ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेपछि उनी एकाएक चर्चाको शिखरमा पुगेकी हुन्। उनले अन्तिम १६ मा स्थान पक्का गर्नु नै आफ्ना लागि ठूलो सफलता भएको बताउँदै गर्भवती अवस्थामा शारीरिक र मानसिक रुपमा थुप्रै चुनौती रहेको बताइन्। ‘मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौती थिए। गर्भावस्थाको रोलरकोस्टर आफैमा कठिन हुन्छ। एउटा जीवन र खेलकुदको सन्तुलन कायम राख्नु साँच्चै कठिन काम हो’, उनले भनेकी छन्, ‘यस धर्तीमा जन्मनुअघि नै मेरी छोरीले ओलम्पिकजस्तो बृहत प्रतियोगिताको अनुभव बटुलेकी छन्। यसले मेरो जीवनमा पनि थप रोमाञ्चता थपेको छ।’

उनले आफ्नो पति र परिवारप्रति पनि आभार व्यक्त गरिन्। ‘गर्भ अवस्था धेरै कारणले कठिन समय हो। यस्तो अवस्थामा पनि मेरो श्रीमान् र परिवारले ओलम्पिक खेल्ने अनुमति दिनुभयो। यसका लागि म उहाँहरूप्रति आभारी छु’, उनले स्टाटसमा लेखेकी छन्। इजिप्टको राजधानी कायरोकी नाडाले लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...