मुख्य समाचार
ओलम्पिकमा प्रिन्स दाहाल सबै ३ खेलमा पराजित
ओलम्पिकमा प्रिन्स दाहाल सबै ३ खेलमा पराजित

। नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा सबै तीन खेलमा पराजित भएका छन् ।

मेन्स सिंगल्समा समूह पी मा रहेका प्रिन्स बुधबार भएको आफ्नो अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग २१-१२, २१-१० ले पराजित भए ।

पहिलो पटक ओलम्पिक खेलेका प्रिन्स समूह चरणमा यसअघि दुवै खेलमा हार व्यहोरेका थिए ।

पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भसक्टोर एक्सेल्सनसँग पराजित भएका प्रिन्स दोस्रो खेलमा आयरल्याण्डका एनहात गुएनसँग पराजित भएका थिए ।



प्रिन्सले तीन खेल खेल्दा कुनै पनि सेट जित्न सकेनन् ।

बिना प्रशिक्षक नेपालबाट पेरिस पुगेका प्रिन्सको साथमा सुरुवाती दुई खेलमा एल साल्भाडोरका प्रशिक्षक थिए ।

यस्तै अन्तिम खेलमा एल साल्भाडोरका प्रशिक्षक बिरामी हुँदा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नै प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रिन्सले पहिलो पटक ओलम्पिक खेल्दा धेरै कुरा सिक्ने अवसर भएको बताए । ‘पहिलो ओलम्पिक खेल्दा धेरै कुराहरु सिक्ने अवसर पाएँ । समग्रमा मेरो लागि महत्वपूर्ण रह्यो यो ओलम्पिक’, उनले भने ।

विपक्षीहरु धेरै अनुभवी रहेको प्रिन्सले बताए । ‘अझै धेरै भन्दा धेरै प्रतियोगिता खेलेर अर्को ओलम्पिकमा केही गर्न सकिन्छ जस्तो लाग्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...