मुख्य समाचार
‘डेडपुल एण्ड वुल्भरिन’ शुक्रबार नेपालमा रिलिज हुँदै
‘डेडपुल एण्ड वुल्भरिन’ शुक्रबार नेपालमा रिलिज हुँदै

। विश्व बजारमा आक्रामक कमाइ गरिरहेको हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ शुक्रबारदेखि नेपालमा समेत रिलिज हुने भएको छ । विदेशमा रिलिज भएको एक सातापछि फिल्म नेपालमा आउन लागेको हो ।

वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबारदेखि यो फिल्म नेपाली हलमा रिलिज हुने पुष्टि गरेको छ । यो फिल्मले पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा ४३८ मिलियन डलरको उछाल ओपनिङ गरेको छ ।

यो आँकडा धेरै ओपनिङ गर्ने चौंथो सुपरहिरो फिल्म हो । उत्तर अमेरिकामा भने यसले २११ मिलियन डलरको सप्ताहन्त ओपनिङ गरेको छ । उत्तर अमेरिकाको यो ओपनिङ अहिलेसम्म धेरै ओपनिङ हुने इतिहासकै छैटौं हो ।

‘डेडपुल एण्ड वुल्भरिन’को कमाइको मद्दतमा मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) ३० बिलियन डलर कमाउने पहिलो फिल्मको सिक्वेल समेत बनेको छ ।

फिल्मले हड्तालले थलिएको हलिउडलाई ठूलै ऊर्जा समेत दिने मात्र होइन, मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)लाई पुनरुत्थान गर्ने अनुमान छ । न्युयोर्क प्रिमियरमा यसले एमसीयूकै अहिलेसम्मको उत्कृष्ट फिल्मको रुपमा प्रशंसा बटुलेको छ ।

यो फिल्मको नेपाल रिलिजका लागि फ्यान अधैर्य थिए । प्रदर्शन मिति घोषणा भएको खबरले फ्यान उत्साहित छन् ।

अमेरिका, भारतसहित अन्तर्राष्ट्रिय बजारमा भने यो फिल्म गत शुक्रबार नै रिलिज भैसकेको थियो । केही महिनाको अन्तरालपछि नेपाली दर्शकले मार्वल सिनेम्याटिक युनिभर्सको फिल्म हेर्ने मौका पाएका हुन् ।

फिल्ममा ¥यान रेनोल्ड्स, ह्युज ज्याकम्यान, एम्मा कोरिन, मोरेना ब्याकरिन, रोब डेलाने, लेस्ली उग्गाम्स, करण सोनी, म्याथ्यु म्याकफ्याडियनको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...