मुख्य समाचार
७ महिने गर्भवती फेन्सरको ओलम्पिकमा प्रतिस्पर्धा
७ महिने गर्भवती फेन्सरको ओलम्पिकमा प्रतिस्पर्धा

। इजिप्टियन फेन्सर नाडा हाफिजले आफूले ७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन् ।

२६ वर्षी हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन् । तर अन्तिम १६ मा पराजित भइन् । उनले इन्स्टाग्रममा एक पोष्ट गर्दै आफू ७ महिनाको गर्भवती रहेको उल्लेख गरेकी हुन् ।

‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए । म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा’, उनले लेखेकी छन्, ‘मेरो बच्चा र मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौतीहरु थिए । गर्भावस्थाको रोलरकोस्टर आफैंमा कठिन छ, तर जीवन र खेलकुदको सन्तुलन कायम राख्नको लागि लड्नु कठिनभन्दा कम थिएन ।’

कायरोकी हाफिज लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । हाफिजले प्रतिस्पर्धा गर्दै अन्तिम १६ मा पुग्दा एकदमै गर्व लागेको बताएकी छन् । उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५-१३ ले पराजित गरेकी थिइन् । तर अर्को खेलम दक्षिण कोरियाकी जिओन ह्योङसँग १५-७ ले पराजित भइन् ।

हाफिजले यस पटकको ओलम्पिक फरक रहेको बताएकी छन् । ‘३ पटकको ओलम्पियन । तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर केही फरक थियो’, लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...