मुख्य समाचार
पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा
पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनलमा प्रवेश गर्दा स्वर्ण दाबेदारहरू अर्जेन्टिना र स्पेन पनि अन्तिम आठमा पुगेका छन् । एसियाली राष्ट्र जापानले पनि समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ ।


समूह ए बाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बी बाट मोरक्को र अर्जेन्टिना, समूह सी बाट इजिप्ट र स्पेन तथा समूह डी बाट जापान र पाराग्वेले अन्तिम आठमा स्थान बनाएका हुन् ।

गएराति भएको खेलमा फ्रान्सले न्युजिल्याण्डलाई ३-० ले हराएर समूह ए को विजेता बन्यो । फ्रान्सले ३ खेलबाट ९ अंक जोड्यो ।


यस्तै गिनीलाई ३-० ले हराएर अमेरिका समूह ए को उपविजेता बन्दै नकआउट चरण पुगेको हो ।

समूह बी मा अर्जेन्टिनाले युक्रेनलाई २-० ले हराउँदै समूह उपविजेता बन्यो । अर्को खेलमा इराकलाई ३-० ले पराजित गरेको मोरक्को समूह बी को विजेता बन्यो ।

अर्जेन्टिना पहिलो खेलमा मोरक्कोसँग पराजित भएपनि त्यसपछि लगातार दुई खेल जित्दै नकआउट चरण पुगेको हो । दुवैको समान ६ अंक भए पनि मोरक्को हेड टु हेडमा अघि रहेको हो ।

यस्तै समूह सी मा यसअघि नै क्वारफाइनल पुगिसकेको स्पेनलाई २-१ ले पराजित गर्दै इजिप्ट समूह विजेता बन्यो । इजिप्टले ३ खेलबाट ७ अंक जोड्दा स्पेनले ६ अंक जोड्यो ।

समूह डी मा जापानले इजरायललाई १-० ले हराएर शतप्रतिशत जित निकाल्यो । ३ खेलबाट ९ अंक जोडेर जापान समूह विजेता बन्यो । मालीलाई १-० ले पराजित गर्दै पारग्वे ६ अंक जोडेर समूह उपविजेता बनेको हो ।

अब क्वाटरफाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच भिडन्त हुनेछ भने अमेरिकाले मोरक्कोसँग खेल्नेछ ।

यस्तै इजिप्टले पाराग्वेसँग खेल्दा जापान र स्पेनबीच भिडन्त हुनेछ ।

क्वाटरफाइनल खेल अगष्ट २ मा हुनेछ । सेमिफाइनल अगष्ट ५ मा हुनेछ भने फाइनल खेल अगष्ट ९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...