मुख्य समाचार
पेरिस ओलम्पिक फुटबलमा अर्जेन्टिनाको पहिलो जित
पेरिस ओलम्पिक फुटबलमा अर्जेन्टिनाको पहिलो जित

। पेरिस ओलम्पिक-२०२४ अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ ।

समूह बी अन्तर्गत लियोनमा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले इराकलाई ३-१ ले पराजित गरेको हो ।


पहिलो खेलमा अर्जेन्टिना मोरक्कोसँग २-१ ले पराजित भएको थियो । नकआउट चरण पुग्ने सम्भावना कायम अर्जेन्टिनालाई इराकविरुद्ध जित्नैपर्ने थियो ।

अर्जेन्टिनाका लागि थियागो अलमाडाले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । इराकका एमेन हुसेनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।


त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । लुडियानो गोन्डोउले ६२औं र इजेक्वेल फर्नान्डेजले ८५औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले सहजै जित निकालेको हो ।

जितपछि २ खेलबाट ३ अंक जोडेको अर्जेन्टिना समूह बी को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा युक्रेनले मोरक्कोलाई २-१ ले हराएपछि चारै टोलीको समान ३ अंक छ । तर, गोलअन्तरमा अर्जनेटिना अघि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...