मुख्य समाचार
सन्दिपविरुद्ध पुनरावेदन नगर्न आग्रह गर्दै सरकारी वकिल कार्यालयमा निवेदन
सन्दिपविरुद्ध पुनरावेदन नगर्न आग्रह गर्दै सरकारी वकिल कार्यालयमा निवेदन

। क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला-२६ को नामबाट उच्च सरकारी वकिलको कार्यालय, पाटनमा निवेदन परेको छ ।

क्रिकेटर सन्दिप लामिछाने मुछिएको बहुचर्चित बलात्कार मुद्दा उच्च अदालतबाट फैसला भएको हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।


‘एक किशोरी आएर निवेदन छाडेकी हुन्, पीडित नै स्वयम आएकी हुन् कि अरु आएका हुन् हामीलाई थाहा भएन’ उच्च सरकारी वकिलको कार्यालय स्रोतले भन्यो, ‘यो मुद्दाको कारण मलाई अत्यन्त तनाव भयो, झेल्नै नसक्ने अवस्थामा पुगेँ । मैले उच्च अदालत पाटनको फैसला स्वीकार गर्छु । सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिनुहोला भन्ने आग्रह सहितको व्यहोरा उल्लेख रहेछ ।’

जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो । तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ठ प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।


उच्च अदालतको फैसला बदर गर्नुपर्ने मागसहित सरकारी वकिल र पीडित गौशाला २६ सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन लिएर जाने बाटो खुला छ । उच्च अदालतको फैसला सार्वजनिक भइसकेपछि उच्च सरकारी वकिलको कार्यालयमा निवेदन पेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...