मुख्य समाचार
अमेरिकामा नेपालीले खोले युएनप्याक, एड्रिन बने अध्यक्ष
अमेरिकामा नेपालीले खोले युएनप्याक, एड्रिन बने अध्यक्ष

: अमेरिकामा रहेका प्रवासी नेपालीहरूको अगुवाइमा युनाइटेड नेपाली पोल्टिकल एक्सन कमिटी (युएनप्याक)संस्था दर्ता भएको छ । भर्जिनिया- १० बाट डेमोक्रेटिक पार्टीबाट युएस कंग्रेसमा उम्मेदवार भइसकेका नेपालीमुलका अमेरिकन एड्रीन पोखरेलको नेतृत्वमा उक्त संस्था अमेरिकी सरकारमा दर्ता भएको हो ।


‘नेपाली अमेरिकी समुदायलाई एकतावद्ध र सशक्त्त बनाइ उनीहरूको राजनीतिक चासोहरूको पैरवी गर्नु र राजनीतिक प्रक्रियामा ठूलो संलग्नता सुनिश्चित गर्नु हो,'पोखरेलले भने, ‘यसले अमेरिकामा नेपाली प्रवासीले सामाना गर्ने विशिष्ट चुनौतीहरूलाई सम्बोधन गरी अमेरिकाको स्थानीय र केन्द्रीय राजनीतिमा उनीहरूको आवाजलाई सुनिश्चित गर्ने काम गर्नेछ।'

प्रवासी नेपालीहरूको संलग्नतामा खुलेको यो संस्था अमेरिकाकै पहिलो नेपाली पोलिटिकल एक्सन कमिटी हो । युएनप्याकको कार्यालय ८८३५ क्यालबेरा कोर्ट, गेन्सभिल, भर्जिनिया २०१०५ मा रहेको छ । यस संस्थाको कोषाध्यक्षमा सबिना अर्याल रहेकी छन्।



एड्रीन नेपालमा जन्मिएर अमेरिकी सेनामा १४ वर्ष सेवा गरी क्याप्टेनबाट अवकास प्राप्त व्यक्ति हुन्। उनी अमेरिकाकै अति महत्वपूर्ण संस्था नेशनल सेकुरेटी एजेन्सी(एनएसए) मा तीन वर्ष र सेन्टल इन्टिलिजेन्स एजेन्सी (सिआईए) मा ६ वर्ष अफिसर भइ काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...