मुख्य समाचार
पेरिस ओलम्पिकको उद्घाटन आज
पेरिस ओलम्पिकको उद्घाटन आज

। विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदैछ । गृष्मकालीन ओलम्पिकको यो ३३ औं संस्करण हो ।

पेरिसमा एक सय वर्षपछि ओलम्पिक आयोजना हुन लागेको हो । २०६ राष्ट्र र क्षेत्रका १० हजारभन्दा बढी खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले ३२ खेलको ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन । ब्रेक डान्सले पेरिस ओलम्पिकमार्फत ओलम्पिकमा डेब्यु गर्दैछ ।




ओलम्पिक इतिहासमै यस पटक भिन्न तरिकाले उद्घाटन समारोह हुँदैछ । पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह स्टेडियमभित्र हुने छैन । यो पेरिस स्थित सेन नदीमा हुनेछ ।

फ्रान्सेली मौसम विभाग मेटेओ फ्रान्सका अनुसार उद्घाटनका बेला पानी पर्ने थोरै मात्र सम्भावना छ । पानी परेमा पनि उद्घाटन समारोह योजना अनुसार नै हुने बताइएको छ ।


खेलाडीहरूले डुङ्गामा चढेर मार्च पास गर्नेछन् । नेपालबाट टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछन् ।

श्यान्टु दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकमा छनोट भएका हुन् भने मनिता महादेशको कोटाबाट छानिएकी हुन् ।

नेपालबाट यस पटक ७ खेलमा ७ खेलाडी सहभागी हुँदैछन् । श्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् ।

एथ्लेटिक्स खेलाडी सन्तोषी बाहेक उद्घाटन समारोहमा नेपालका सबै खेलाडी उपस्थित हुनेछन् । सन्तोषीले प्रतिस्पर्धा गर्ने महिला म्याराथन अन्तिम दिन रहेकोले उनी जुलाई ३० मा मात्र पेरिस जानेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...