मुख्य समाचार
आइतबार इतिहासकै गर्मी दिन, टुट्यो ८४ वर्ष पुरानो रेकर्ड
आइतबार इतिहासकै गर्मी दिन, टुट्यो ८४ वर्ष पुरानो रेकर्ड

। गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (c3s)का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ ।

यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गरेका छन् ।

भयानक गर्मीका कारण युरो तथा अमेरिकामा तातो लहर अर्थात् हिटवेभ चल्नुका साथै डढेलो फैलिएको छ । स्मरण रहोस् गत वर्ष जुलाई ६ का दिन विश्वको औसत तापमान १७.०८ मापन भएको थियो, जसलाई यो वर्षको तापमानले उछिनेको छ ।

हुनत गत वर्षको अधिकतम औसत तापमान भन्दा यो वर्ष केवल ०.०१ डिग्री सेल्सियस मात्रै धेरै हो । तर यसका कारणले जुन विपदहरु आइरहेका छन् र आउने छन्, ती भयानक हुनेछन् ।

सी थ्री एसका निर्देशक कार्लो बुआटेम्पोका अनुसार यो विश्वव्यापी औसत तापमान हो । हाल गर्मीका कारण विश्वका धेरै देशमा तातो लहर चलिरहेको छ । दक्षिण अमेरिका भयानक हिटवेभसँग जुझिरहेको छ भने चीनमा हिटवेभपछि भारी वर्षा तथा बाढीले कहर मच्चाइरहेको छ । जहाँ औसत तापमान ३५ डिग्री मापन गरिएको छ । उत्तरी अफ्रिकामा तापमान ५० डिग्रीसम्म पुगेको छ ।

गर्मी बढेसँगै विपदमा वृद्धि

यहाँसम्म कि अन्टार्कटिकामा ठण्डी मौसममा समेत अधिकतम तापमान रेकर्ड भैसकेको छ । अन्टार्कटिकाको अर्जेन्टाइन टापुमा रहेको युक्रेनको वर्नाडस्की रिसर्च बेसमा जुलाईको तापमान ८.७ डिग्री मापन गरिएको छ । यो सामान्य भन्दा निकै धेरै हो ।

मानवीय क्रियाकलापका कारण हरेक वर्ष वायुमण्डलमा ४ हजार करोड टन कार्बनडाइ अक्साइड उत्सर्जन हुने गरेको छ, त्यो पनि जिवाश्म इन्धनको दहनबाट । यसका कारण वायुमण्डल तातिरहेको छ ।
लण्डनस्थित ब्रिटेन इम्पेरियल कलेजको ग्रान्थम इन्स्टिच्यूट फर क्लाइमेट चेन्ज एण्ड इन्भारोमेन्टका वैज्ञानिक फ्रेडरिक ओट्टोका अनुसार यस्तो अवस्था आउनु दुःखद हो । मानिसले प्रकृतिसँग खेलवाड गरिरहेकाले तापमान लगातार बढिरहेको उनको भनाइ छ ।

उनका अनुसार तापमानको यस्तो वृद्धि मानिस र पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजायँ भन्दा कम होइन । यो जलवायु परिवर्तनको नतिजा हो । साथै यो वर्ष सामुद्रिक प्रणाली अल निनोको प्रभाव पनि देखिइरहेको छ । हुनत यो वर्षको तापमान वृद्धिमा यी दुबै प्रक्रियाको हात छ । तर सबैभन्दा धेरै जिम्मेवार त मानिस नै हो ।

बर्कले अर्थका वैज्ञानिक जेके हसफादरका अनुसार जति धेरै कार्बन उत्सर्जन हुनेछ, तापक्रम पनि उत्ति नै बढ्ने छ । हरितगृह ग्यास उत्सर्जन र अल निनोले समग्रमा विश्वको तापमानमा वृद्धि गरिरहेको छ । सामान्य रुपमा पृथ्वीको औसत तापमान १२ देखि १७ डिग्री सेल्सियससम्म रहने गर्दछ । तर हाल यसले अधिकतम विन्दु पनि पार गरिसकेको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीको तापमान जुलाईको अन्त्य तथा अगष्टको सुरुवातमा सबैभन्दा उच्च हुनेछ । तापमानले महिनाको सुरुवातमै रेकर्ड कायम गरिसकेको अवस्थामा जुलाईको अन्त्य वा अगष्टमा तापमानले पुनः रेकर्ड तोड्न सक्दछ ।

मानवीय क्रियाकलापका कारण हरेक वर्ष वायुमण्डलमा ४ हजार करोड टन कार्बनडाइ अक्साइड उत्सर्जन हुने गरेको छ, त्यो पनि जिवाश्म इन्धनको दहनबाट । यसका कारण वायुमण्डल तातिरहेको छ । आगोमा घिउ थपेजसरी यो पटक प्रशान्त महासागरमा अल निनोको असर पनि रहेको छ । यसले पारो झनै बढाएको छ ।

श्रम शक्ति संकटमा

यसबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वभरका अरबौं मानिसलाई तापक्रम वृद्धिको मारबाट जोगाउन सबैलाई कम्मर कसेर लाग्न आह्वान गरेका छन् ।

‘अरबौं मानिसहरुले अत्यन्त गम्भिर गर्मीको सामना गरिरहेका छन् । घातक तातो लहरका कारण अवस्था झन् भयावह भइरहेको छ,’ विहीबार युएन मुख्यालयमा आयोजित पत्रकार भेटघाटमा महासचिव गुटरेसले भने, ‘सन्देश स्पष्ट छ : गर्मी जारी छ । मानिस र पृथ्वीमा अत्यधिक गर्मीको अत्यन्त गम्भिर प्रभाव परिरहेको छ । बढ्दो तापमानको चुनौती सामना गर्न कम्मर कस्नुपर्ने छ ।’



उनले कम कार्बन उत्सर्जन गर्ने प्रविधि र उपकरणका साथै घर तथा शहरमा वातानाकुलित डिजाइनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनबाट सिर्जित विपदबाट जोगाउनका लागि बजेट बढाउन पनि आह्वान गरेका छन् ।

संयुक्त राज्य अमेरिकादेखि अफ्रिकाको साहेल क्षेत्र र युरोपदेखि मध्यपूर्वका देशसम्म गर्मीले रेकर्ड तोडेको छ । यो गर्मीबाट सयौंको मृत्यु भएको छ । उदाहरणका लागि साउदी अरबमा हज गर्न गएकामध्ये गर्मीबाट १ हजार ३०० भन्दा बढी श्रद्धालुको मृत्यु भएको छ ।

विश्वभर बढीरहेको गर्मीको असर सबैलाई समान रुपमा भने परेको छैन । शीतलमा बस्ने सुविधाबाट बन्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरु बढी प्रभावित छन् । उनले दैनिक श्रम गरेर परिवार पाल्नेहरुको सुरक्षामा जोड दिएका छन् ।

महासचिव गुटरेसले भनेका छन्, ‘हामीले कामदारहरुको सुरक्षा सुनिश्चित गर्ने उपाय खोज्नुपर्ने छ जुन मानवअधिकारमा आधारित छन् ।’

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को एक नयाँ रिपोर्ट अनुसार विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन् ।

अफ्रिाका र अरब क्षेत्रमा स्थिति अझै संकटपूर्ण छ । त्यहाँ क्रमशः ९० र ८० प्रतिशत जनसंख्याले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । एसिया र प्रशान्त क्षेत्रमा यो संख्या करिब ७५ प्रतिशत छ । यही क्षेत्रमा विश्वकै सबैभन्दा धेरै जनघनत्व छ ।

बढ्दो गर्मीबाट विश्व अर्थतन्त्रमा सन् २०३० सम्म २.४ ट्रिलियन डलर नोक्सान हुने अनुमान छ । जबकी सन् १९९० को मध्यसम्म करिब २८० अर्ब डलर थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...
: रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ। शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता निष्कर्षविहीन भएको केही घण्टापछि रूसले उक्त आक्रमण सुरू गरेको बीबीसीले जनाएको छ। किभसहित युक्रेनका अन्य ...