मुख्य समाचार
पेरिस ओलम्पिक : महिला फुटबलमा स्पेन, अमेरिका र ब्राजिल विजयी
पेरिस ओलम्पिक : महिला फुटबलमा स्पेन, अमेरिका र ब्राजिल विजयी

। विश्व विजेता स्पेनसहित ब्राजिल र अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा विजयी सुरुआत गरेका छन् ।

समूह सी मा रहेको उपाधि दाबेदार स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जापानलाई २-१ ले पराजित गरेको हो । आओबा फुजिलोले १३औं मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन् ।

तर, अइटना बोनमाटीले २२औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरिन् । त्यसपछि मारिया काल्डेन्टेले ७४औं मिनेटमा विजयी गोल गरिन् । समूह बी कै अर्को खेलमा ब्राजिलले नाइजेरियालाई १-० ले हरायो । ब्राजिलका लागि गाबी नुनेजले ३७औं मिनेटमा गोल गरिन् ।

यस्तै समूह बी मा रहेको अमेरिकाले दश खेलाडीमा सीमित जाम्बियालाई ३–० ले हरायो । अमेरिकाको जितमा मालोरी स्वानसनले दुई तथा ट्रिनिटी रोडम्यानले एक गोल गरिन् । समूह बी कै अर्को खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-० ले पराजित गरेको छ । जर्मनीका लागि मारिया हेगेरेरिङ, लिअ सुलर र जुल ब्रान्डले एक-एक गोल गरे ।


समूह ए मा रहेको आयोजक फ्रान्सले पनि विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले कोलम्बियालाई ३-२ ले हरायो । समूह ए कै अर्को खेलमा क्यानडाले न्युजिल्यान्डलाई २–१ ले पराजित गर्‍यो

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...