मुख्य समाचार
पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?
पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?

। फ्रान्सको पेरिसमा हुन लागेको ३३ औं गृष्मकालीन ओलम्पिकको उद्घाटनभन्दा २ दिन अगाडि नै महिला फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । पहिलो दिन आज ४ खेल हुनेछन् ।

पहिलो दिन आज समूह एबाट क्यानडा र न्युजिल्यान्ड भिड्नेछन् । समूह बीबाट जर्मनी र अष्ट्रेलियाले खेल्नेछन् भने समूह सीबाट आज २ खेल हुनेछ । जसमा पहिलोमा स्पेन र जापानबीच खेल हुनेछ । दोस्रोमा नाइजेरिया र ब्राजिल भिड्नेछन् ।




सन् १९९६ बाट गृष्मकालीन ओलम्पिकमा महिला फुटबल पनि समावेश गरिएको हो । पुरुषको भन्दा केही फरक तरिकाले ओलम्पिकमा महिला फुटबलको लागि नियम बनाइएको छ ।

पुरुषमा यू–२३ का खेलाडी भनिए तापनि महिलामा भने सिनियर खेलाडीले नै ओलम्पिक खेल्नेछन् । यो एक पूर्णता अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसमा विश्वकका उत्कृष्ट महिला फुटबलको खेल हेर्न पाइनेछ ।


महिला फुटबल ओलम्पिकमा कुनकुन टिम सहभागी छन् ?

महिला फुटबलका लागि १२ वटा टिमले पेरिस ओलम्पिक २०२४ खेल्नेछन् । १२ टिमलाई ३ समुहमा बाँडी खेल खेलिनेछ ।

समूह ए : फ्रान्स, कोलम्बिया, क्यानडा, न्युजिल्यान्ड
समूह बी : अमेरिका, जाम्बिया, जर्मनी, अष्ट्रेलिया
समूह सी : स्पेन, जापान, नाइजेरिया, ब्राजिल

महिला फुटबलको फर्म्याट :

हरेक समूहका शीर्ष २ टिम क्वाटरफाइनलमा पुग्नेछन् । त्यसबाहेक ३ समूहको शीर्ष ३ मा आएकामध्ये २ टिमले पनि क्वाटरफाइनल खेल्न पाउनेछन् । यही ८ टिमबाट ४ टिमले सेमिफाइनल र २ टिमले स्वर्णको लागि फाइनल खेल्नेछन् भने सेमिफाइनलमा हारेका २ टिमले कास्यको लागि प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टिममा १८ जना खेलाडी राख्न पाइने प्रावधान रहेको छ । जसमा ४ जना रिजर्भ खेलाडी छुट्टै राख्न पाइनेछ ।

कुनै पनि खेलको निर्धारित ९० मिनेटको समयमा खेल बराबरीमा रोकिएमा १५÷१५ मिनेटको २ हाफ खेल खेलाइनेछ । त्यसमा पनि खेल बराबरी भएमा पेनाल्टीबाट खेलको विजेता छानिनेछ ।

स्पेन डेब्युमै उपाधिको दाबेदार :

स्पेन हाल ओलम्पिकका लागि पनि सबैभन्दा बलियो महिला फुटबल टिम हो । पहिलो पटक ओलम्पिकमा छनोट भएको स्पेनको महिला टिम डेब्युमा नै स्वर्ण जित्ने क्षमता राख्छ ।

अर्को प्रबल दाबेदार टिम अमेरिका हो । अमेरिका हाल नयाँ प्रशिक्षक इम्मा हायसको प्रशिक्षणमा ओलम्पिक खेल्नेछ । यो दौडमा जमर्नी र घरेलु टिम फ्रान्स पनि निकै बलियो उपाधि दाबेदार हुन् ।

कुन कुन प्रख्यात खेलाडीले खेल्दैछन् ?

पेरिस ओलम्पिकमा भाग लिने प्रख्यात महिला खेलाडीमा स्पेनकी बालोन डी’ओर विजेता ऐताना बोनमाटी पनि हुन् । ब्राजिलकी अनुभवी फरवाड मार्टा, कोलम्बियाकी लिन्डा केसेडो, फ्रान्सकी अनुभवी डिफेन्डर वेन्डी रेनार्ड र अमेरिकाको लागि उत्कृष्ट स्ट्राइकर सोफिया स्मिथ हुन् ।

खेलको तालिका :

समूह चरण : जुलाई २५–३१ (साउन १० देखि १६)
क्वाटर फाइनल : अगष्ट ३ (साउन १९)
सेमिफाइनल : अगष्ट ६ (साउन२२)
कांस्यको लागि : अगस्ट ९ (साउन२५)
स्वर्ण/फाइनल : अगष्ट १०(साउन २६)

खेल हुने रंगशालाहरु :

महिला फुटबल खेलहरु फ्रान्सका ७ वटा स्टेडियममा हुनेछन् ।

बोर्डो स्टेडियम, बोर्डो
जियोफ्रोय–गुइचार्ड स्टेडियम, सेन्ट इटिएन
ला ब्यूजोर स्टेडियम, नान्टेस
ल्योन स्टेडियम (ल्योन नजिक डेसिनेस चारपियू)
मार्सेल स्टेडियम, मार्सेल
नाइस स्टेडियम, नाइस
पार्क डेस प्रिन्सेस, पेरिस

सबैभन्दा बढी उपाधि जित्ने टिम

हालसम्म ओलम्पिकमा महिला फुटबलमा सबैभन्दा बढी स्वर्ण जित्ने टिम अमेरिका हो । यो टिमले चार पटक ओलम्पिकमा स्वर्ण जितेको छ ।

अमेरिकाले पछिल्लो पटक २०१२ मा लन्डनमा भएको ओलम्पिकमा स्वर्ण जितेको थियो । टोकियो ओलम्पिकमा भने अमेरिका कांस्यमा सीमित भएको हो । जर्मनी, क्यानडा र नर्वेले हालसम्म १/१ पटक ओलम्पिकमा स्वर्ण जितेका छन् ।

क्यानडा डिफेन्डिङ च्याम्पियन हो । २०२० ओलम्पिकमा क्यानडाले स्विडेनलाई पेनाल्टीमा हराउँदै स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...