मुख्य समाचार
सिटीमा एडरसनको भविष्य अनिश्चित
सिटीमा एडरसनको भविष्य अनिश्चित

। म्यानचेस्टर सिटीको पहिलो रोजाइका गोलकिपर एडरसनको भविष्य सिटीमा अनिश्चित रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।

उनले यो गर्मीमा एडरसन टिममा रहने कुरा अनिश्चित रहेको खुलाएका हुन् । ब्राजिलियन गोलकिपर एडरसनलाई साउदी प्रो लिगले निकै चाहिरहेको खबर आइरहेको बेला ग्वार्डिओलाको यो भनाइले निकै चर्चा बटुलेको हो ।




उनले गत सिजनको अन्त्यसम्म पनि एडरसनलाई आफ्नो पहिलो रोजाइको गोलकिपर भएको बताएका थिए । तर पनि उनले रियल म्याड्रिडसँगको खेलमा भने स्टेफन ओर्टेगालाई टिममा मौका दिएका थिए ।

सेल्टिकसँग ४–३ को हार पश्चात प्रशिक्षक भन्छन्, ‘एडरसन टिममा रहिरहोस् भन्ने म चाहन्छु तर यो कुरा अन्य क्लबमा पनि भर पर्छ ।’


‘मलाई केही पनि स्थितिको जानकारी छैन । अहिले कस्तो स्थिति छ । मसँग सम्पर्क भएको छैन । प्रशिक्षणको कुरामा हो भने हामी ट्रान्सफर विन्डो सकिँदासम्म हेर्छौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने ।

च्यापल हिलमा भएको खेलमा एडरसन हाफ टाइममा आएका थिए । उक्त खेलमा सिटीले हार बेहोरेको थियो । यो खेल सिटीका लागि प्रिमियर लिगको प्रि सिजन खेल हो ।

तर यदि एडरसनको भविष्य सिटीमा अनिश्चित हो भने ३० अगस्टमा ट्रान्सफर विन्डो बन्द हुनु अघि फिलिप्सले क्लब छोड्ने पक्का हो । सायद उनी लोनमा अर्को क्लब जाने प्रबल सम्भावना हुन्छ ।

गत सिजन पनि फिलिप्सको प्रदर्शन निकै खराब रह्यो जसको कारण उनले युरो २०२४ मा इङ्ल्यान्डमा ग्रेथ साउथगेटको टिममा मौका पाएनन् ।

सेल्टिक विरुद्धको खेलमा पनि उनी हाफ टाइममा प्रतिस्थापन भए । तर ग्वार्डिओलमा भने उनलाई हाफ टाइममा निकाल्नुको कारण उनको चोट भएको बताउँछन् । ‘उनलाई चोट लागेको थियो, त्यसैले हामीले उनलाई धेरै मिनेट दिएनौं ।’ उनले भने ।

उनले सेल्टिकको बारेमा बोल्दै भने, ‘मलाई अहिले थाहा छैन । उनको सोच के छ । उनको सोच र अवस्था हेरेर हामी यसमा निर्णय लिनेछौं ।’

हालान्डको कप्तानीमा हार

सेल्टिक विरुद्धको खेलमा सिटीको कप्तानी इर्लिङ हालान्डले गरेका थिए ।

एर्लिङ हाल्यान्डको कप्तानीमा रहेको सिटी प्रि सिजन प्रतिस्पर्धामा सेल्टिकसँग ४–३ ले पराजित भयो । सिटीको लागि हाल्यान्डले एक गोल मात्र गरे ।

अमेरिकाको केरान मेमोरियल मैदानमा सेल्टिकले अग्रता बनाउँदै सिटीलाई हराएको हो । निकोलास गेरिटले दुई गोल गरे । केयोगो फुरुहासीले र लुइस पाल्माले समान एक गोल गरेका हुन् ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीको लागि हालान्डसहित ओस्कार बोब र म्याक्सिमो पेरोनले समान एक गोल गरेका थिए ।

सिटीले टोलीमा युरो र कोपा नखेलेका खेलाडीलाई समावेश गरेको छ । टोलीमा हाल्यान्डसहित ज्याक ग्रेलिस, काल्भिन फिलिप्स लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...