मुख्य समाचार
श्यान्टु र मनिताले पेरिस ओलम्पिकमा नेपालको झण्डा बोक्ने
श्यान्टु र मनिताले पेरिस ओलम्पिकमा नेपालको झण्डा बोक्ने

। फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिकमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनिता प्रधान श्रेष्ठले बोक्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीले एनओसीले मंगलबार विज्ञप्ति जारी गर्दै टेबलटेनिस खेलाडी श्यान्टु र जुडो खेलाडी मनिताले पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि छनोट भएको जनाएको छ ।

श्यान्टु नेपालमै आयोजना भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन् । यस्तै मनिता एसियाली कोटाबाट ओलम्पिकमा छनोट भएकी हुन् । मनिताले पछिल्लो दुई वर्षदेखि ओलम्पिक छात्रवृत्तिमा प्रशिषण गरिरहेकी थिइन् ।

अष्ट्रेलिया बस्दै आएका श्यान्टु उतैबाट पेरिस गएका छन् भने मनितासहित अन्य नेपाली खेलाडीबाट काठमाडौँबाट पेरिस पुगिसकेका छन् । एथ्लेटिक्सतर्फ महिला म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकोले खेलाडी सन्तोषी र अफिसिलयहरु भने जुलाई ३० मा मात्र पेरिस प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

पेरिस ओलम्पिकमा नेपालबाट श्यान्टु र मनितासहित विभिन्न ६ खेलका ७ खेलाडी सहभागि हुँदैछन् । अन्य खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन् ।

नेपाल ओलम्पिक कमिटीका अनुसार पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीसहित २७ सदस्यीय टोली सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...