मुख्य समाचार
२०३० को महिला विश्वकप क्रिकेटमा १६ टिमले प्रतिस्पर्धा गर्ने
२०३० को महिला विश्वकप क्रिकेटमा १६ टिमले प्रतिस्पर्धा गर्ने

। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०३० मा हुने महिला विश्वकप क्रिकेटमा १६ टिम सहभागी गराउने भएको छ ।

सन् २००९ मा महिला विश्वकप सुरु हुँदा ८ टिम मात्र सहभागी थिए । २०१६ मा टिमको संख्या बढाएर १० बनाइएको थियो । आउँदो अक्टोबरमा हुने २०२४ मा महिला टी–२० विश्वकपमा पनि १० टिमले सहभागिता जनाउनेछन् । २०२६ को संस्करणमा भने १२ टिम सहभागी हुनेछन् । सन् २०२६ को विश्वकप खेल्ने टिमहरु ३१ अक्टोबर २०२४ मा टुंगो लागिसक्नेछ ।


त्यस्तै पुरुष टिमको पनि २०२६ को विश्वकपमा आठ क्षेत्रीय छनोटबाट छानिएका टिमहरुले विश्वकप खेल्नेछन् । जसमा अफ्रिका र युरोपबाट २/२ टिम, अमेरिकाबाट एउटा, एसिया र पूर्वी एसिया क्षेत्र (इएपी)बाट तीन टिमले संयुक्त रुपमा विश्वकप खेल्न पाउने भएका छन् । एसियाली क्षेत्र छनोटबाट २ टिम र इएपीबाट एउटा टिमले विश्वकपमा भाग लिन पाउने भएका छन् ।

त्यस्तै, आईसीसीले अमेरिका र चिलीको क्रिकेट बोर्डलाई आईसीसीको सदस्यतासम्बन्धी नियम पालना गर्न १२ महिनाको समयसहितको आधिकारिक सूचना दिएको छ ।


अमेरिका र चिलीको समस्या समाधानका लागि अमेरिकास्थित कार्यालयले सहयोग गर्ने पनि उल्लेख छ ।

आईसीसीको सोमबार बसेको बैठकले आईसीसी विश्वकपको लागि छुट्टै रिभ्यु प्यानल पनि गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...