मुख्य समाचार
चुनावी अभियानमा आफ्नो गीत बजाउन ह्यारिसलाई बियोन्सेको अनुमति
चुनावी अभियानमा आफ्नो गीत बजाउन ह्यारिसलाई बियोन्सेको अनुमति

। हरेक अमेरिकी राष्ट्रपतीय उम्मेदवारका लागि टाउको दुखाइको विषय बन्ने गर्छ- चुनावी र्‍यालीमा कसको गीत बजाउने ? रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले ल्याटिनो र्‍यापरलाई लिएर र्‍यालीमा सांगीतिक प्रस्तुति दिइरहेका छन् ।

हिस्प्यानिक र अश्वेत समुदायका मतदाता रिझाउन हिपहप संगीत महत्वपूर्ण माध्यम बन्ने उनको ठम्याइ छ । सुरुदेखि नै हलिउड ट्रम्पमैत्री छैन । अघिल्लो चुनावमै ट्रम्पसँग टेलर स्वीफ्ट र बियोन्सेको भनाभन परेको थियो । ट्रम्पको पक्षमा र्‍यापर कान्ये वेस्ट मात्र खुलेका थिए ।


कमला ह्यारिसलाई डेमोक्रेटिकतर्फबाट उम्मेदवारको रुपमा अघि सारिएपछि हलिउडले राहतको सास फेरेको छ । सेलिब्रेटीले खुलेरै ह्यारिसलाई इन्डोर्स गर्न थालेका छन् । ह्यारिसलाई उम्मेदवार घोषणा गरिएको केही घण्टाभित्रै पपस्टार बियोन्सेले सन् २०१६ को एल्बम ‘लेमोनेड’मा समावेश हिट गीत ‘फ्रिडम’ बजाउन अनुमति दिएकी छन् ।

सीएनएनका अनुसार ह्यारिस चुनावी सभामा बजिरहेको गीतबाट बाहिरिनुभन्दा अघि बियोन्सेले उनलाई आफ्नो गीत चुनावी अभियानभर बजाउन अनुमति दिएकी हुन् ।


बियोन्सेले अहिलेसम्म आधिकारिक रुपमा ह्यारिसको पक्षमा समर्थन त व्यक्त गरेकी छैनन्, यद्यपि गीत बजाउन अनुमति दिने उनको यो कार्यलाई समर्थन गर्ने एउटा चलाखी मानिएको छ । यसअघि बियोन्सेले सन् २००० मा जो बाइडेन र ह्यारिसको पक्षमा खुलेको जनाएकी थिइन् ।

सन् २०१३ मा बाराक ओबामाको दोस्रो कार्यकालको उद्घाटन र हिलारी क्लिन्टनको चुनावी र्‍यालीमा बियोन्सेले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

‘फ्रिडम’, जसमा केन्ड्रिक लामारको विशेष उपस्थिति छ । आधिकारिक रूपमा यो एकल गीत कहिल्यै रिलिज गरिएन तर एल्बममा भने यसले चर्चा पायो । सन् २०१६ मा बिलबोर्डको १०० शीर्ष सूचीको ३५ नम्बरमा गीत सूचीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...