मुख्य समाचार
केभिन डी ब्रुएनाले सिटी छोड्दैनन् : पेप ग्वार्डिओला
केभिन डी ब्रुएनाले सिटी छोड्दैनन् : पेप ग्वार्डिओला

। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले मिडफिल्डर केभिन डी ब्रुएनाले क्लब नछाड्ने बताएका छन् ।

केभिनले आउँदो समर विन्डोमा सिटी छोडेर साउदी अरेबिया जाने हल्लाका बीच प्रशिक्षक ग्वार्डिओलाले उनले सिटी नछाड्ने बताएका हुन् ।


सिटीसँग उनको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि साउदी प्रो लिगबाट निकै ठूलो रकम प्रस्ताव आएका कारण उनले सिटी छाड्ने विश्लेषणहरु भएका थिए । तर प्रशिक्षक गार्डिओलाले उक्त सम्भावना नकारे ।

‘केभिनले सिटी छोड्नेवाला छैनन्’, उनले प्रि सिजन खेलको दौरान भने । सिटीले बुधबार उत्तर क्यारोलेनाको चेपल हिलमा सेल्टिकविरुद्ध प्र –सिजन खेल खेल्दैछ ।


गत सिजन डी ब्रुएनाले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन निकै महत्वपूर्ण भूमिका खेलेका थिए । यो उपाधि क्लबको लगातार चौथो र क्लबका लागि छैटौं प्रिमियर कपको उपाधि थियो ।

पछिल्लो समय क्रिस्टल प्यालेसबाट एबेरेच एज सिटीमा अनुबन्ध हुने र बेल्जियन गोलकिपर एडरसनले सिटी छाडेर साउदी जाने हल्ला चलिरहेको छ ।

प्रशिक्षक ग्वार्डिओला भने अघिल्लो सिजनको टिममा धेरै फेरबदल नहुने बताउँछन् । ‘यदि कसैले टिम छोड्छ भने हामी त्यसबारे कुरा गर्नेछौं । हामीसँग विन्डोको अन्तिम दिनसम्म सम्भावना छ’, उनले भने, ‘म नयाँ खेलाडीलाई विकल्पको लागि खारेज त गर्दिन तर ८५, ९० देखि ९५ प्रतिशत हाम्रो उही टिम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...