मुख्य समाचार
दोस्रो खेलमा रुससँग सुधारिएको प्रदर्शन
दोस्रो खेलमा रुससँग सुधारिएको प्रदर्शन

। नेपाली महिला भलिबलका लागि रुसी टोलीसँगको मैत्रीपूर्ण खेल काभा महिला नेसन्स लिगअघि कमजोरी थाहा पाउने राम्रो माध्यम बन्यो ।

नेपालमा १७ साउनदेखि काभा (सेन्ट्रल एसिएन भलिबल एसोसिएसन) महिला नेसन्स लिग खेलअघि नेपाली टोलीले रुससँग दुई मैत्रीपूर्ण खेल खेल्यो ।




रसिया विश्वको शीर्ष १० भित्र पर्ने टिम हो र नेपालमा खेल्न आउने खेलाडीहरु राष्ट्रिय टिम र उमेर समूहको राष्ट्रिय टिमका सदस्यहरु रहेका छन् ।

यो खेलबाट नेपालले आफ्नो कमी कमजोरीलाई नजिकबाट नियाल्ने मौका पायो । पहिलो खेलमा निरिह देखिएको नेपालले दोस्रो खेलमा केही सुधारिएको प्रदर्शन गर्‍यो ।


आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो २५–२३ र तेस्रो २५–२२ ले गुमायो । तेस्रो सेटमा १० अंकसम्म त नेपालले कहिले बराबरी गर्ने, कहिले अग्रता लिने गरिरहेको थियो ।



पहिलो खेलमा हेरी डिफेन्स र रिसिभमा सुधार भयो । तर आज पनि नेपालको ब्लकलाई भने उचाइले साथ दिएन । नेपालले अग्ला खेलाडीसँग कसरी खेल्ने भन्ने राम्रो ज्ञान पाएको कप्तान अरुणा शाहीले बताइन् । ‘हाम्रो लागि काभा अघि यो खेल निकै राम्रो तयारी भयो । हिजो भन्दा कमजोरी सुधार गर्दै खेल्यौं । काभाको लागि हामीले अग्लो अग्लो खेलाडीसँग कसरी खेल्ने भन्ने सिक्यौं’, उनले भनिन् ।

यो खेललाई काभा नेसन्स लिगको लागि गल्ती सच्याउने मौकाको रुपमा लिएको शाहीले बताइन् । ‘हामीलाई खेल्न पनि रमाइलो भयो ।

काभामा अलिक रिच कम भएको खेलाडीहरु हुन्छन् । हामी अहिले भएको गल्तीहरुलाई काभामा सुधार गर्नेछौं’, उनले भने । काभा नेसन्स लिगमा नेपालसँगै इरान, माल्दिभ्स र श्रीलंका सहभागी हुनेछन् ।

नेपाली महिला भलिबल टिम भर्खरै काभाले गरेको ग्रेडिङमा ए लेभलको टिमको रुपमा वरियता प्राप्त गरेको छ । यसको शाख जोगाउन आउँदै गरेको काभा नेसन्स लिगमा नेपालको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ ।

‘आजको खेल हेर्दा काभाको दुई हप्ताअघि रुस जस्तो टिमसँग खेलेर अनुभव बटुल्ने मौका पाउनु नै हाम्रो लागि ठूलो हो । त्यसले गर्दा हामीले हार्ने जित्ने भन्दा खेलाडीको दक्षता मापन गर्न सहज पनि भयो’, प्रशिक्षक जगदिश भट्टले भने ।

कप्तान अरुणा शाहीले पनि दोस्रो खेलमा धेरै सुधार भएको बताइन् । ‘हिजो चाहिँ हाम्रो रिसिभ र डिफेन्समा समस्या भइरहेको थियो, आज त्यो पक्ष सुधार भयो तर अझै पनि ब्लकमा समस्या आइरहेको छ । यसलाई हामी १० दिनभित्र सुधार गर्नेछौं’, उनले भनिन् ।



प्रशिक्षक जगदिश भट्टको पनि भनाइ यही रह्यो । ‘रसियाको टिमको हामीले खेल पनि हेरेका थिएनौं र खेलाडीहरुको बारेमा पनि जानकारी थिएन, रसिया भन्नेबित्तिकै हाम्रो खेलाडी नर्भस भएका कारण प्रदर्शन राम्रा भएन’, उनले पहिलो खेलबारे भने, ‘हिजो हामीले खेलेको खेल हेरेर कहाँ कुन फर्मेसनमा खेलाउँदा सहज हुन्छ भनेर खेलाएका हौं ।’

नेपालले दोस्रो खेलमा पनि सोचे अनुरुप खेल्न भने सकेको होइन । प्रशिक्षक भट्टका अनुसार नेपाली खेलाडीले भनेको ठाउँमा ब्लक गर्न सकेनन् । ‘हामीले भनेको जस्तो गर्न सकेको भए हामीले कम्तीमा पनि एउटा सेट चाहिँ हामी जित्न सक्थ्यौं । तर खेल जित्न नसके पनि हामीले प्रतिस्पर्धात्मक खेल खेल्यौं ।’

नेपालमा महिला भलिबलको राम्रो प्रगति भइरहेको प्रशिक्षक भट्ट बताउँछन् । ‘अबको हाम्रो लक्ष्य भनेको दक्षिण एसियामा स्वर्ण जित्ने हो । अबको २ वर्षमा सेन्ट्रल एसियामा उपाधि र ४ वर्षमा एसिया स्तरमा दबदबा बनाउने हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...