मुख्य समाचार
क्यासल बने ओडीआई डेब्यूमै ७ विकेट लिने पहिलो खेलाडी
क्यासल बने ओडीआई डेब्यूमै ७ विकेट लिने पहिलो खेलाडी

– स्कटल्यान्डका तीव्र गतिका बलर चार्ली क्यासल ओडीआईको डेब्यू खेलमा ७ विकेट लिने पहिलो खेलाडी बनेका छन् । आईसीसी विश्वकप लिग २ मा उनले सोमबार ओमानविरुद्ध डेब्यू खेलमा ५.४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ७ विकेट लिदै उक्त कीर्तिमान बनाएका हुन् ।

क्यासल अघि ओडीआई डेब्यू खेलमा सर्वाधिक विकेट लिने बलर दक्षिण अफ्रिकाका कागिसो रबाडा थिए । रबाडाले सन् २०१५ मा बंगलादेशविरुद्ध ८ ओभरमा ३ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । त्यस्तै वेष्टइण्डिजका फिडेल एडवार्ड्सले सन् २००३ मा जिम्बावेविरुद्ध ७ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ६ विकेट लिएका छन् ।




फोर्थहिल डुन्डीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान २१.४ ओभरमा ९१ रनमा अल आउट भयो । उक्त लक्ष्य स्कटल्यान्डले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

आईसीसी विश्वकप लिग २ मा क्यानडा ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमाछ । नामिबिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल ४ खेलमा २ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव सेप्टेम्बरमा क्यानडा र ओमानसँग लिग २ सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...