मुख्य समाचार
पेरिस ओलम्पिकमा फुटब आजदेखि सुरु हुँदै, अर्जेन्टिनाले मोरक्कोसँग खेल्ने
पेरिस ओलम्पिकमा फुटब आजदेखि सुरु हुँदै, अर्जेन्टिनाले मोरक्कोसँग खेल्ने

। पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू आजदेखि नै सुरु हुँदैछ ।

३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने बिहीबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् ।

आजदेखि फुटबल र रग्बी सेभेन्सका खेलहरू सुरु हुनेछन् भने बुधबार आर्चरी र ह्यान्डबलको प्रतिस्पर्धा सुरु हुनेछ ।

पुरुष फुटबलअन्तर्गत आज पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।


यस्तै समूह बी मै रहेका इराक र युक्रेनबीचको खेल आजै लियोनमा हुनेछ ।

समूह ए अन्तर्गत आयोजक फ्रान्सले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्नेछ र गिनी र न्युजिल्याण्डबीचको खेल पनि आजै हुनेछ ।

यसैगरी समूह सी अन्तर्गत उज्वेकिस्तान र स्पेन तथा इजिप्ट र डोमिनिक रिपब्लिक तथा समूह डी अन्तर्गत जापान र पाराग्वे तथा मालि र इजरायलबीचको खेल पनि आजै सुरु हुनेछ ।

महिला फुटबलका खेलहरू भने बुधबारदेखि सुरु हुनेछन् ।

पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली मात्र सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरेर खेलाइनेछ ।

यसअघि २०२१ मा जापानमा भएको टोकियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिल भने यसपटक ओलम्पिकमा छनोट हुन सकेन ।

यसपटक अर्जेन्टिना र स्पेन पुरुष फुटबलमा स्वर्णको मुख्य दाबेदारको रुपमा छन् ।

अर्जेन्टिनाले केही समयअघि कोपा अमेरिका र स्पेनले युरोकपको उपाधि जितेको थियो । तर, ओलम्पिकमा भने यु-२३ टिमले प्रतिस्पर्धा गर्नेछ जसमा २३ वर्षमाथिका ३ खेलाडी मात्र हुनेछन् ।

विश्वकप तथा कोपा अमेरिकाको उपाधि जितिसकेका युवा स्टार जुलियन अल्भारेज अर्जेन्टिनाको ओलम्पिक खेल्ने टिममा छन् । यस्तै स्पेनमा फर्मिन लोपेज, एरिक गार्सिया, एलेक्स बाएना जस्ता खेलाडी छन् ।

घरेलु टोली फ्रान्स स्ट्राइकर लाकाजेटको कप्तानीमा खेल्दैछ । सिनियर टिमका कप्तान केलिएन एमबाप्पे भने पेरिस ओलम्पिकमा खेल्ने छैनन् । नयाँ क्लब रियल मड्रिडले आफ्नो क्लबका खेलाडीलाई ओलम्पिकमा सहभागी हुन नदिने बताएपछि एमबाप्पेले घरेलु मैदान ओलम्पिक खेल्ने अवसर पाएनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...