मुख्य समाचार
यी हुन् युरोपमा नेपालीका प्रमुख श्रम गन्तव्य, कुन देशमा कति गए ?
यी हुन् युरोपमा नेपालीका प्रमुख श्रम गन्तव्य, कुन देशमा कति गए ?

। खाडी र मलेसिया केन्द्रित रहेको नेपालीहरुको प्रमुख श्रम गन्तव्य युरोपेली देशतर्फ मोडिन थालेको छ। श्रम स्वीकृति लिएर रोजगारीको खोजीमा युरोपका देशहरुमा जाने नेपाली युवाको संख्या हरेक वर्ष बढिरहेको छ ।

आर्थिक वर्षमा ०७८/०७९ मा २३ हजार नेपाली युरोप श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएर युरोप गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा ४१ हजार र ०८०÷०८१ मा ४७ हजार जना गए । भिजिट भिसा र अवैध रुपमा जानेहरुको संख्या यसमा गणना गरिएको छैन ।


विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार नेपाहरु युरोपको क्रोएसिया, रोमानिया, साइप्रस, पोल्याण्ड र माल्टा गरी पाँच युरोपेली देशमा बढी गएका छन् । त्यसबाहेक बेलायत, पोर्चुगल, लिथुनियालगायतका देशमा पनि नेपालीहरु फाट्टफुट्ट पुगिरहेका छन् ।

युरोप जानेको संख्या बढिरहँदा खाडी मुलुक र मलेसिया जाने नेपाली श्रमिकको संख्या भने घटिरहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा ३ लाख ६६ हजार नेपाली मलेसिया गएकामा ०७९/०८० मा २ लाख ५९ र ०८०/०८१ मा ९२ हजार ६३८ जना मात्र गए ।


युरोपको कुन देशमा कति ?

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा रोमानियामा ३६ हजार ७२१, क्रोएसियामा २८ हजार १४९, साइप्रसमा १६ हजार ४४८ र माल्टामा ११ हजार १६८ गएका छन् ।

रोमानियामा आर्थिक वर्ष ०७८/०८९ मा ७ हजार ४७५ जना, ०७९/०८० मा १४ हजार २२५ र ०८०/०८१ मा १५ हजार जना नेपाली रोजगारीका लागि गएका छन् ।क्रोएसियामा आर्थिक वर्ष ०७८/०८९ मा ५ हजार ३४४ जना, ०७९/०८० मा ७ हजार ४४१ र ०८०/०८१ मा १५ हजार ३६४ जना गएका विभागको तथ्यांक छ ।

साइप्रसमा आर्थिक वर्ष ०७८/०८९ मा ४ हजार १८१,०७९/०८० मा ५ हजार ३१७ र ०८०/०८१ मा ६ हजार ९५० जना गएका छन् ।

युरोप किन आकर्षक गन्तव्य ?

वैदेशिक रोजगार व्यवसायीहरु युरोपेली देशमा नेपाली श्रमिकको माग बढिरहेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकको छाप राम्रो छ’, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, ‘त्यही कारण पनि युरोपको श्रम बजारमा पनि नेपाली श्रमिकको माग धेरै छ ।’

मलेसिया र खाडी राष्ट्रहरू भन्दा युरोपमा राम्रो कमाइ र श्रमिकको अधिकार सुनिश्चित भएकाले युवाहरुको रोजाइमा युरोप परिरहेको छ । साथै, काम पनि खाडी मुलुकमा भन्दा सहज र सुरक्षित रहेको व्यवसायीहरुको भनाइ छ ।

के पाइन्छ काम, तलब कति हुन्छ ?

वैदेशिक रोजगारी व्यवसायीहरुका अनुसार रोमानिया, क्रोएसिया, साइप्रस आदि मुलुकमा उत्पादनमूलक, कृषि, उद्योग, होटल, हस्पिटालिटी र निर्माणजन्य क्षेत्रमा काम गर्न नेपालीहरु गइरहेका छन् ।

‘श्रमिकहरु निर्माणजन्य क्षेत्रमा लेबरदेखि होटल, रेष्टुरेण्ट क्षेत्रमा बार टेण्डर, वेटर, क्लिनरका रुपमा युरोपमा गइरहेका छन्’ अध्यक्ष भण्डारीले भने, ‘उद्योग, कलकारखाना र कृषिजन्य क्षेत्रहरुमा पनि जाने उत्तिकै छन् ।’

युरोपमा श्रममैत्री कानुन भएकाले पनि श्रमिकहरु श्रम शोषणमा पर्ने र कठिनपूर्ण श्रम गर्नुपर्ने अवस्था निकै कम हुने उनी बताउँछन् ।

‘खाडीमा भवनजस्ता निर्माणजन्य क्षेत्रमा लेवरका भएकाले कठिनपूर्ण श्रम गर्नुपर्छ भने असुरक्षाको जोखिम रहन्छ’, भण्डारीले भने, ‘युरोपमा प्रविधिमैत्री श्रम हुँने भएकाले खाडी जस्तो कठोर श्रम हुँदैन ।’

अध्यक्ष भण्डारीका अनुसार युरोपमा न्यूनतम पारिश्रमिक नै ८० हजार रुपैयाँ छ । ‘श्रमिकको दक्षता र सीपका आधारमा पनि पारिश्रम कति कमाउने भन्ने निर्धारण हुन्छ’, उनी भन्छन्, ‘ओभर टाइम गर्न पाउने व्यवस्था भएकाले श्रमिकले न्युनतम पारिश्रमिक भन्दा माथि नै कमाइ गरिरहेका हुन्छन् ।’

खाडी तथा मलेसियामा भने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँबाट सुरु हुन्छ । अहिले युरोपेली देशबाट आएका श्रमिकको माग अनुसार रोजगार व्यवसायीहरुले युरोपमा श्रमिकहरु पठाइरहेका छन् ।

कतिपय म्यानवार कम्पनी र धेरैजसो व्यक्तिगत श्रम स्वीकृति लिएर श्रमिकहरु युरोप गइरहेका छन् । युरोपबाट आउने मागपत्र प्रमाणीकरणको काम भने सम्बन्धित देश हेर्ने नेपाली राजदूतावासले गरिरहेको छ ।

म्यानपावर व्यवसायीहरु युरोपेली देशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा सहज बनाइदिए अझै धेरै कामदारको माग आउने बताउँछन् । श्रम विज्ञहरु नेपालको नयाँ श्रम गन्तव्य युरोप बन्न सक्ने भन्दै सरकारले संस्थागत रुपमै श्रमिक पठाउन जोड दिनुपर्ने बताउँछन् ।

‘नयाँ श्रम गन्तव्यको आवश्यकतालाई हेरेर सरकारले संस्थागत रुपमा जाने बाटो खुला गर्नुपर्छ’ श्रम विज्ञ तथा अधिवक्ता डा. सोम लुईटेल भन्छन् ।

नेपालले गत वर्ष जर्मनी र रोमानियासँग श्रम सम्झौता गरेको थियो । सरकार-सरकारबीचको सहमतिबाट श्रमिक पठाउने भनेर सम्झौता गरे पनि त्यस अनुसार हालसम्म नेपालीहरु ती देशमा गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको छ। मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित ...
। कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ। दूतावासले जारी गरेको सूचनामा बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड गर्ने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने, ठूलो आवाजमा कुराकानी गर्ने वा होहल्ला गर्ने कार्य नगर्न अनुरोध गरिएको छ । दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको ...
। लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर ...
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...