मुख्य समाचार
कमला ह्यारिसको समर्थनमा उभिए प्रबल गुरुङ, भन्छन्- यो समय ‘म्याडम प्रेसिडेन्ट’को
कमला ह्यारिसको समर्थनमा उभिए प्रबल गुरुङ, भन्छन्- यो समय ‘म्याडम प्रेसिडेन्ट’को

। अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिंदै गर्दा सेलिब्रेटी पनि उम्मेदवारको पक्षमा खुल्ने क्रम जारी छ । वर्तमान राष्ट्रपति जो बाइडेनले चुनाव नलड्ने घोषणा गरेपछि हलिउड कलाकारले यसको स्वागत गरेका छन् ।

आरोन सोर्किन, रोबर्ट डी निरो र बारब्रा स्ट्रिस्यान्ड लगायतका सेलिब्रेटीले पछि हट्ने बाइडेनको निर्णयलाई स्वागत गर्दै आफूहरु वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा उभिएको जनाएका छन् ।




डोनाल्ड ट्रम्पको मुखर आलोचक र बाइडेनको अभियानका समर्थक रोबर्ट डी निरोले बाइडेनले पछि हट्ने निर्णय गरेपछि आफूले यसलाई लिएर सम्मान, प्रशंसा र स्नेह महसुस गरेको बताए ।

यसैबीच, नेपालीमूलका विश्वचर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ कमला ह्यारिसको पक्षमा खुलेका छन् । ह्यारिससँगको पुरानो तस्वीर सेयर गर्दै गुरुङले पहिलो महिला अमेरिकी राष्ट्रपतिको रुपमा हेर्न चाहेको उल्लेख गरेका छन् ।


गुरुङ लेख्छन्, ‘हामीलाई त्यतिबेलै थाहा थियो र अहिले यही देख्दैछौं । यो समय म्याडम प्रेसिडेन्टको हो । अघि बढौं ।’ ह्यारिस आफूहरु सबैका लागि सम्भावनाको प्रकाश रहेको उल्लेख गर्दै गुरुङले नेपालबाट आएको यो गहुँगोरो वर्णको यो केटो यो सपनाको हिस्सा बन्ला भनेर कहिल्यै पनि सोचेको थिएन ।’

ह्यारिसले अमेरिकी संयुक्त संसदको बैठकमा गत वर्ष गुरुङले डिजाइन गरेको पहिरन लगाएर सहभागी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये एक थियो। आदेशमा हस्ताक्षर गरेपछि उनले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं। यसबाट कुनै फाइदा भइरहेको छैन।’ ट्रम्पले लामो समयदेखि शिक्षा विभाग खारेज गर्ने माग गर्दै आएका थिए। यद्यपि, यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि ...
हमासले इजरायलको तेल अभिभमा तीनवटा मिसाइल प्रहार गरेको बताएको छ। इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण भएको जनाइएको छ। इजरायलले भने ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको बताएको छ। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेपछि गाजामा ...
। टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन शुरु भएका छन् । प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर पनि आएको छ । यसको प्रतिक्रियास्वरूप सरकारले देशकै सबैभन्दा ठूलो सहर इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ ...
— इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासविरुद्ध इजरायलले पूरै शक्तिका साथै फेरि लडाइँ सुरु गरेको प्रतिक्रिया दिएका छन् । मंगलबार बिहानदेखि सुरु भएको भीषण हवाई आक्रमणपछि मंगलबार राति उनले यस्तै प्रतिक्रिया दिएका हुन् । एक भिडियो जारी गर्दै उनले हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनीसमेत दिएका छन् । आफ्नो बयानमा नेतान्याहुले इजरायली बन्धकलाई रिहान गर्नका लागि ...
— इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो । प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार अल-मावासी आवासीय क्षेत्रनजिकैको अस्थाई शिविरमा गरिएको ड्रोन आक्रमणमा दुई जनाको ज्यान गएको हो । घटनामा पाँच ...