मुख्य समाचार
एडरसनको अनुबन्धबारे सिटीद्वारा अलनासरको प्रस्ताव अस्वीकार
एडरसनको अनुबन्धबारे सिटीद्वारा अलनासरको प्रस्ताव अस्वीकार

। इङ्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन गोलरक्षक एडरसन सेन्टेना डी मोरेसलाई साउदी अरबको क्लब अलनासरले गर्न चाहेको अनुबन्ध अस्वीकार गरेको छ ।

आउँदो समर विन्डोमा एडरसनलाई अलनासरले ३० मिलियन युरोमा किन्न चाहेको थियो ।




अंग्रेजी तथा साउदीका केही समाचार पत्रहरूका अनुसार अलनासरले आधिकारिक रुपमा म्यानचेस्टर सिटीलाई ब्राजिलियन गोलकिपर एडरसनको प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावलाई सिटीले अस्वीकार गरेको हो ।

समाचारमा उल्लेख भएअनुसार एडरसनलाई रिलिज गर्न सिटीले कम्तीमा पनि ५० मिलियन युरो चाहेको बताइएको छ ।


सन् २०१७ मा पोर्चुगिज क्लब बेन्फिकाबाट सिटी भित्रिएका एडरसनले २५० वटा प्रिमियर लिगका खेल खेलेका छन् ।

उनले सिटीमा रहेर यूईएफए च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, क्लब विश्वकप र कारबाओ कपको उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । मनाङ मर्स्याङ्दीको भने यो लगातार दोस्रो हार हो । मछिन्द्रले लालिगुराँस एसोसिएसन समान ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि लालिगुराँस गोल अन्तरमा शीर्ष स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा सनिश ...
आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपालको समूहमा रहेको नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ
आगामी महिना भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुन सक्ने चर्चाका बीच स्कटल्यान्डलाई भने सहभागिताबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खुलेको छ
। यूएईमा सुरु भएको अफगानिस्तान र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गत दुबईमा भएको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ । अफगान टिमले वेस्ट इन्डिजलाई ३८ रनले पराजित गरेको हो। आगामी महिनामा हुने टी–२० विश्वकपको तयारीस्वरूप भएको यस खेलमा अफगानिस्तानले बलियो प्रदर्शन गर्‍यो। अफगानिस्तानले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र ...
: साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो। बंगलादेशका लागि कप्तान सबिना खातुन, कृष्णरानी सरकार र लिपी अख्तरले गोल गरे। नेपाललाई हराउँदै बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघिको ३ खेलमा नेपालले १ जित, १ हार र ...