मुख्य समाचार
प्रशिक्षक गम्भीर भन्छन् : कोहलीसँग सम्बन्ध राम्रो छ
प्रशिक्षक गम्भीर भन्छन् : कोहलीसँग सम्बन्ध राम्रो छ

। भारतीय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरलाई विराट कोहली र उनको सम्बन्धको बारेमा प्रश्न गरियो । उनले भने, ‘यो दुई परिपक्व व्यक्ति बीचको सम्बन्ध हो ।’

उनको र विराट कोहलीको खेलाडी जीवनबाट नै सुरु भएको टकरावले भारतीय क्रिकेट टिमको भविष्यमा कस्तो असर पर्ला भन्ने खालको प्रश्नमा उनले भने, ‘मैदानमा हामी दुवै जना भारतको लागि खेल्नेछौं । आफ्नो जर्सीको लागि लड्ने अधिकार दुवैसँग हुनेछ र हामी जितेर ड्रेसिङ रुममा फर्कन चाहन्छौं । यो समय हामी १४० करोड भारतीयलाई प्रतिनिधित्व गरिरहेका छौं भने हामी भारतलाई गौरवान्वित बनाउन चाहन्छौं,’ उनले भने ।




उनको कार्यकाल आउँदो श्रीलंका टुरबाट सुरु हुनेछ । त्यसका लागि गम्भीर कसरी तयार हुँदैछन् र विशेषतः भारतीय क्रिकेट टिमका स्टार खेलाडी विराट कोहलीसँगको सम्बन्धले गर्दा के कसरी टिमको सन्तुलन बन्ला भन्ने चासो सबैको रहेको थियो ।

यसको कारण २०१३ मा आईपीएल खेलको दौरान यी दुई खेलाडीबीच भएको झगडा हो । त्यसबेला गम्भीर कोलकत्ता नाइट राइडर्सको कप्तान थिए । यही विषयमा गम्भीरसँग प्रश्न सोध्दा उनको जवाफ आयो, ‘धारणाहरू वास्तविकता भन्दा निकै परका छन् ।’ अर्थात् जति बजारमा हल्ला चल्यो त्यति तिक्तदा यी दुईको सम्बन्धमा छैन भनेर उनी प्रष्ट्याउन चाहिरहेका थिए ।


तर २०१३ यता यी दुईको टकराव परिरहेको देखिन्थ्यो । उनीहरूबीच २०२३ को आईपीएल सिजनमा पनि केही घटना भएको थियो । २०२३ मा गौतम गम्भीर लखनऊ सुपर जायन्टका मेन्टर थिए । त्यसबेला लखनऊले आरसीबी (रोयल च्यालेन्जर्स बैग्लौंर–विराट कोहलीको आइपीएल टिम)लाई १ रनले जित्दा खुसी मनाइरहेका गौतमले चिन्नास्वामी स्टेडियमको समर्थकलाई चुप लगाइरहेको इशारा गरेका थिए ।

सोही इशारा कोहलीले लखनऊलाई एकाना स्टेडियममा २०२३ मे १ मा लखनऊलाई १८ रनले हराउँदा दोहोर्‍याए । यसै दौरानमा विराट र गम्भीरको भनाभन परेको थियो । उनीहरूलाई दुवै टिमका खेलाडीले छुट्याएका थिए ।



तर २०२४ को आईपीएलमा भने यी दुई सामान्य रुपमा नै प्रस्तुत भए । कोहलीसँग आफ्नो सम्बन्धको बारेमा सोध्दा उनी र कोहलीबीच कुराकानी भइरहेको तर के कुराकानी भयो भन्नेबारे भने आफूले खुलाउन नचाहेको गम्भीरले बताए ।

मेरो घोषणा भएपछि, घोषणा हुनु अगाडि, खेलको दौरान, खेलपछि धेरै पटक कुराकानी भएको छ । मलाई लाग्छ कहिलेकाँही हामीलाई हेडलाइन चाहियो भन्दैमा कुरा उछाल्नु हुँदैन । यो महत्वपूर्ण छैन ।’

उनले पत्रकारलाई जवाफ दिँदै गम्भीरले भने, ‘अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी दुवैजनाको काम हो । हामी दुवैले धेरै मिहिनेत गरेर भारतलाई गौरवान्वित बनाउनु छ । र यो हाम्रो काम हो ।’

उनी (विराट) पनि निकै व्यावसायिक विश्वस्तरीय खेलाडी हुन्, मैले यो बारम्बार भनिरहेको हुन्छु, आशा छ, हामी दुईले एकै ठाउँमा रहेर राम्रो काम गर्नेछौं ।’

विराट कोहली र रोहित शर्माले गत महिना टी २० विश्वकप जितेपछि टी २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरे । तर यी दुवै श्रीलंकाको वान डे टुरको लागि टिममा परेका छन् ।

यी दुवै खेलाडी ३५ वर्षमाथि भइसकेका छन् । सन् २०२७ मा एकदिवसीय विश्वकप छ । यी दुई खेलाडी कहिलेसम्म टिमसँग हुनेछन् त ?

यो फैसला भने नव प्रशिक्षक गम्भीरले दुई खेलाडीमाथि छोडेका छन् । जसमा उनी भन्छन्, ‘यदि फिटनेस मेन्टेन गरिराखेको खण्डमा उनीहरू भित्र धेरै क्रिकेट बाँकी छ ।’

उनले भने, ‘उनीहरूले प्रमाणित गरेका छन् कि उनीहरू ठूला खेलका खेलाडी हुन्, चाहे त्यो एकदिवसीय फर्म्याट होस् या टी २० फर्म्याटको विश्वकप ।’

गम्भीरले भने, ‘म एउटा कुरामा निकै स्पष्ट छु, उनीहरू दुवैजनामा अझै धेरै क्रिकेट बाँकी छ । अझ विशेषतः च्याम्पियन्स ट्रफी (२०२५) र अष्ट्रेलियामा (नोभेम्बर २०२४) मा हुने खेलमा उनीहरू निकै उत्साहका साथ खेल्नेछन् । अनि आशा छ, फिटनेस मेन्टेन गरेको खण्डमा (२०२७) को विश्वकपमा पनि ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ । बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । नेपालका ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन् । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराइसकेका छन् । युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट ...
। छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो । यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ । एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका ...
स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने भएका छन्