मुख्य समाचार
विश्वभर बिजुलीको माग २० वर्षयताकै उच्च, सबैभन्दा धेरै भारतमा
विश्वभर बिजुलीको माग २० वर्षयताकै उच्च, सबैभन्दा धेरै भारतमा

। विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक बढ्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हो ।

गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो ।




अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा बिजुलीको बढ्दो मागले विगत २० वर्षको रेकर्ड यस वर्ष तोडिने उल्लेख छ ।

साथै बिजुलीको बढ्दो मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने छ । बढ्दो गर्मीसँगै बिजुलीको माग पनि बढेका कारण कोइला र नवीकरणीय ऊर्जामार्फत् विद्युत् उत्पादन गर्ने क्रम पनि बढ्ने अनुमान छ ।


यस वर्ष विश्वको तापक्रमले अहिलेसम्म भएको रेकर्डलाई तोडेको थियो । नेपालसहित विभिन्न देशहरुले अप्रत्यासित तातो हावाको लहर झेल्नु परेको थियो । त्यससँगै विद्युत ग्रिडहरुलाई अविछिन्न बिजुली आपूर्ति गर्न दबाब परेको थियो ।

एआईले पनि बढाएको छ बिजुलीको माग

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का इनर्जी मार्केट्स एण्ड सिक्योरिटीका निर्देशक केसुके सादामोरीले भनेका छन्, ‘यस वर्ष र आगामी वर्ष विश्वभर बिजुलीको मागमा बढोत्तरी विगत दुई दशकयताकै सबैभन्दा बढी हुने छ । यसले हाम्रो अर्थव्यवस्थामा बिजुलीको बढ्दो भूमिका र अत्यधिक तातो लहरको असरलाई देखाउँछ ।’



आईईएका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बढ्दो प्रयोगको कारण पनि निरन्तर बिजुली आपूर्तिको माग बढेको छ । आईईएका अनुसार सन् २०२४ मा विश्वभर बिजुलीको माग सरदर चार प्रतिशतले बढ्ने अनुमान छ । यो सन् २००७ यताकै सबैभन्दा बढी हो ।

सन् २०२५ मा पनि यही अवस्था रहने अनुमान छ । यसको तुलनामा सन् २०२३ मा विश्वभर बिजुलीको माग केबल २.५ प्रतिशत वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्यांक छ ।

एजेन्सीको तथ्यांक अनुसार यसै वर्ष बिजुलीको माग सबैभन्दा धेरै भारतमा हुने अनुमान छ । सन् २०२४ भारतमा ८ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमानित तथ्यांक छ ।

चीनमा भारतको भन्दा दुई प्रतिशत कम अर्थात् ६ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ । चीनमा सन् २०२३ मा ७ प्रतिशतले बिजुलीको माग बढेको थियो ।

यसैगरी अमेरिकामा यस वर्ष तीन प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ ।

युरोपेली युनियनमा विगत दुई वर्षदेखि बिजुलीको माग घटिरहेको थियो । तर यस वर्ष बिजुलीको माग १.७ प्रतिशतले बढ्ने एजेन्सीको तथ्यांकमा उल्लेख छ । तर यो वृद्धि जारी रहन्छ कि रहँदैन भन्ने निश्चित छैन ।

ह्वात्तै बढ्ने छ नवीकरणीय ऊर्जाको उत्पादन

आईईएका अनुसार आगामी वर्षमा अक्षय ऊर्जा (नवीकरणीय ऊर्जा) को उत्पादन पनि ह्वात्तै बढ्ने अनुमान छ । सन् २०२५ मा विश्वको आपूर्तिमा यसको हिस्सेदारी ३५ प्रतिशत हुने अनुमान छ । जबकी सन् २०२३ मा केबल यसको हिस्सा ५ प्रतिशत मात्र थियो । नवीकरणीय ऊर्जामा शौर्य र वायु ऊर्जाको स्थान सबैभन्दा बढी हुनेछ ।

यसैगरी सन् २०२५ मा अक्षय ऊर्जाको कूल उत्पादनले कोइलामा आधारित बिजुलीलाई पछि पार्ने अनुमान छ । तर सन् २०२४ मा भने कोइलाकै दबदबा कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...