मुख्य समाचार
अमेरिकी राष्ट्रपतिको दौड त्यागे बाइडेनले, कमला ह्यारिसलाई समर्थन
अमेरिकी राष्ट्रपतिको दौड त्यागे बाइडेनले, कमला ह्यारिसलाई समर्थन

। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।

बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।




अघिल्लो महिना भएको राष्ट्रपतीय बहसमा अत्यन्तै फितलो प्रदर्शन गरेपछि उनी उम्मेदवार कायमै रहे चुनाव हार्ने निष्कर्षमा डेमोक्रेटिक पार्टीका नेताहरु पुगेका थिए । त्यही बीच उनले आइतवार उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने घोषणा गरेका छन् ।

‘मैले उम्मेदवारी फिर्ता लिनु र बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ,’ उनले आफ्नो वक्तव्यमा भनेका छन् ।


त्यति मात्रै होइन, उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् । तर, उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । निर्वाचन आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने छ ।

चुनाव अति नै नजिक आईसकेको सन्दर्भमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न परिचित अनुहारका रुपमा ह्यारिस नै उपयुक्त पात्र हुने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

‘सन् २०२० का कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छनोट गर्नु मेरो सबैभन्दा राम्रो निर्णय थियो । यसपटक राष्ट्रपतिको उम्मेदवारका रुपमा उनलाई मेरो पूर्ण समर्थन र अनुमोदन रहन्छ,’ उनले घोषणा गरेका छन् । आउने साता यसबारे आफूले विस्तृतमा बोल्ने पनि उनले बताएका छन् ।

कमला नयाँ उम्मेदवारका रुपमा आउने अनुमानका आधारमा ट्रम्पले भाषणमा उनीमाथि आक्रमण थालिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्पको अध्यक्षतामा गाजामा शान्ति समिति गठन, डा. अली साथले अन्तरिम सरकारको नेतृत्व गर्ने
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको महत्त्वाकांक्षाविरुद्ध उभिने देशहरुमाथि ट्यारिफ थप गर्ने बढाउने बताएका छन् । व्हाइट हाउसमा एको एक बैठकमा ट्रम्पले भने, ‘यदि अरु देश ग्रिनल्यान्डका विषयमा साथ दिँदैनन् भने उनीहरुविरुद्ध ट्यारिफ थप गरिनेछ ।’ यद्यपि ट्रम्पले कुन–कुन देशविरुद्ध नयाँ ट्यारिफ थप गर्ने भन्ने विषयमा भने खुलाएका छैनन् । ग्रिनल्यान्डको आफ्नै सरकार भए पनि डेनमार्गकको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो महत्वाकांक्षालाई समर्थन नगर्ने देशहरूमा शुल्क लगाउने धम्की दिएका छन्। ह्वाइट हाउसमा आयोजित बैठकमा ट्रम्पले अन्य देशहरूले ग्रीनल्याण्डको मामिलामा आफूलाई समर्थन गर्दैनन् भने उनीहरूमाथि शुल्क लगाउन सक्ने बताएकँ हुन्। ट्रम्पले कुन देशहरू नयाँ भन्सार शुल्कको अधीनमा हुन सक्छन् वा आफ्नो लक्ष्य हासिल गर्न कुन अधिकार प्रयोग गर्ने ...
: अमेरिकी कांग्रेस सदस्यहरूको एउटा समूह डेनमार्कको भ्रमणमा छ। आर्कटिक क्षेत्रमा रहेको डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्डको नियन्त्रण लिन राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबको बीचमा यो भ्रमणलाई समर्थन प्रदर्शनको रूपमा हेरिएको छ। एघार सदस्यीय प्रतिनिधिमण्डलले डेनिस संसदका सदस्यका साथै प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेन र उनका ग्रीनल्याण्डिक समकक्षी जेन्स फ्रेडरिक निल्सनलाई पनि भेट्नेछ। भ्रमण अमेरिकामा उच्चस्तरीय वार्ता ट्रम्पलाई ...
: क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनको बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको व्यापार सम्झौता र समग्र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्नीले चीन–क्यानडा सम्बन्धलाई थप अगाडि बढाउन दुवै देश मिलेर काम गर्न सक्ने बताएका छन्। उनले भने,'हामी मिलेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौं।' यसैबीच, चिनियाँ ...