मुख्य समाचार
प्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड’को ट्रेलर सार्वजनिक
प्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड’को ट्रेलर सार्वजनिक

। प्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड’को ट्रेलर सार्वजनिक भएको छ । मार्वल स्टुडियोको यो फिल्ममा पहिलोपटक एन्थोनी म्याकीलाई क्याप्टेन अमेरिका (साम विल्सन)को भूमिकामा देख्न सकिन्छ, जहाँ उनले क्याप्टेन अमेरिकाको आइकोनिक ढाललाई प्रयोग गरिरहेका छन् ।

क्याप्टेन अमेरिका श्रृंखलाको यो चौथो भाग १२ फेब्रुअरी २०२५ मा प्रदर्शन हुँदैछ । पछिल्लोपटक सन् २०१९ को फिल्म ‘एभेन्जर्स : इन्ड गेम’मा अभिनेता क्रिस इभान्स क्याप्टेन अमेरिकाको रोलमा देखिएका थिए । उनी यो रोलबाट बाहिरिएपछि पहिलोपटक म्याकीले भूमिकालाई निरन्तरता दिएका हुन् ।




जुलियस ओनाह निर्देशित यो फिल्मको पटकथा माल्कम स्पेलम्यान, डालन मुसन र म्याथ्यु ओर्टनले लेखेका हुन् । नयाँ ट्रेलरमा दर्शकले सामले ह्यारिसन फोर्डको चरित्र, अमेरिकी राष्ट्रपति थड्डियस ‘थन्डरबोल्ट’ रोससँग अन्तरक्रिया गरेको देख्न पाउनेछन् । फोर्डको पात्र भन्छ- ‘विश्व शक्ति परिवर्तन हुँदैछ ।’

रसले क्याप्टेन अमेरिकालाई अमेरिकी एजेन्ट बनाउने प्रस्ताव राख्छन् । ट्रेलरमा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा हत्याको प्रयासलाई विफल पारेको पनि देखाइएको छ ।


यो ट्रेलर मार्वल कमिक्सको राक्षस पात्र रेड हल्कबाट सकिन्छ, जुन ‘थन्डरबोल्ट’ रसको अहंकारको विम्ब हो ।

‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड’ मार्वल सिनेम्याटिक युनिभर्सको पुनरागमन पनि हो । यो फिल्मसँग धेरै परिचित अनुहार छन्, जसमा नयाँ फाल्कनको रूपमा ड्यानी रामिरेज, कार्ल लुम्ब्ली इसाईया ब्राडलीको रूपमा, इजरायली सुपरहिरो साब्राको रूपमा शिरा हास र रहस्यमय खलनायकको भूमिकामा जियानकार्लो एस्पोसिटो समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...