मुख्य समाचार
यी हुन् सबैभन्दा धेरै जनसंख्या भएका विश्वका १० देश
यी हुन् सबैभन्दा धेरै जनसंख्या भएका विश्वका १० देश

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश कुन हो ? विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका शीर्ष १० मुलुकमध्ये ४ वटा देश विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देशको सूचीभित्र पनि पर्दछन् भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्दछ ।

संयुक्त राष्ट्रसंघीय वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४ अनुसार हाल विश्वको जनसंख्या ८ अर्ब २० करोड पुगेको छ ।

सन् २०८० को दशकको मध्यसम्ममा विश्वको जनसंख्या १० अर्ब ३० करोड डलरको उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण राष्ट्रसंघले गरेको छ । तर, त्यसपछि भने विश्वको जनसंख्या क्रमशः घट्दै जाने र शताब्दीको अन्त्यसम्ममा १० अर्ब २० करोडमा झर्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय प्रतिवेदन अनुसार हाल विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देश यी हुन् :

१. भारत

India

भारत गत वर्ष सन् २०२३ मा विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको हो र त्यसक्रममा उसले चीनलाई पछि पारेको छ ।

भारतको जनसंख्या हाल एक अर्ब ४५ करोड नाघेको छ । दश वर्षअघि भारत विश्वमा सर्वाधिक जनसंख्या भएको मुलुकको सूचिमा चीनपछि दोस्रो स्थानमा थियो र उसको जनसंख्या एक अर्ब ३१ करोड थियो ।

स्मरण रहोस् भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्त हो । भारतको जिडिपीको आकार ३९ खर्ब ३७ अर्ब डलर छ ।

२. चीन

China

विगतमा विश्वको सर्वाधिक जनसंख्या भएको देशको रुपमा रहेको चीन हाल भने दोस्रो स्थानमा छ । चीनको जनसंख्या एक अर्ब ४२ करोड रहेको छ । चीन १८५ खर्ब डलर जिडिपीसहित विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो ।

३. अमेरिका

United States of America

विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र (२८७ खर्ब डलर जिडिपी) भएको देश अमेरिका जनसंख्याको आधारमा चाहिं तेस्रो स्थानमा छ । राष्ट्रसंघका अनुसार अमेरिकाको हालको जनसंख्या २४ करोड ५० लाख छ ।

४. इण्डोनेसिया

Indonesia

धेरै जनसंख्या भएका मुलुकको सूचीमा चौथो स्थानमा रहेको इण्डोनेसियाको जनसंख्या २८ करोड ३५ लाख छ । इण्डोनेसिया विश्वको १६औं ठूलो अर्थतन्त्र हो ।

५. पाकिस्तान

Pakistan

दक्षिण एसियाली छिमेकी पाकिस्तान विश्वमा जनसंख्याको आधारमा पाँचौ स्थानमा पर्दछ । पाकिस्तानको जनसख्या करिब २५ करोड १३ लाख छ ।

६. नाइजेरिया

Nigeria

संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्टअनुसार छैटौं स्थानको नाइजेरियाको जनसंख्या २३ करोड २७ लाख छ ।

७. ब्राजिल

Brazil

जनसंख्याको आधारमा विश्वमा सातौं ठुलो देश ब्राजिलको कुल जनसंख्या २१ करोड २० लाख छ । हाल विश्वको नबौं ठुलो अर्थतन्त्र रहेको ब्राजिल यो वर्ष ८औं स्थानमा उक्लिने प्रक्षेपण छ । ब्राजिलको जिडिपी २३ खर्ब ३१ अर्ब डलर रहेको छ ।

८. बंगलादेश

Bangladesh

क्षेत्रफलमा झण्डै नेपाल जत्रै भए पनि दक्षिण एसियाली मुलुक बंगलादेश विश्वमा धेरै जनसंख्या भएका शीर्ष मुलुकहरूभित्र पर्दछ । त्यहाँको जनसंख्या करिब १७ करोड ३६ लाख छ ।

९. रुस

क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठुलो देश रुस जनसंख्याको आधारमा भने नबौं स्थानमा पर्दछ । रुसको हालको जनसंख्या १४ करोड ४८ लाख छ । विश्वको ११औं ठुलो अर्थतन्त्रको रुपमा रहेको रुसको जिडिपी १९ खर्ब ९७ अर्ब डलर छ ।

१०. इथियोपिया


अफ्रिकी मुलुक इथियोपिया विश्वमा धेरै जनसंख्या भएका शीर्ष १० मुलुकको सूचीमा रहेको छ । त्यहाँको जनसंख्या करिब १३ करोड २० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बंगलादेशमा आइतबार बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का विद्यार्थी नेताहरुले निर्वाचन आयोग घेराऊ गरेका छन् । उनीहरुले निर्वाचन आयोग पूर्वाग्रही भएको र प्रहरी तथा सीमा रक्षकहरुले टुलुटुलु हेरेर बसेको आरोप लगाए । १२ फेब्रुअरीमा हुने राष्ट्रिय मतदानअघि बीएपनपीको विद्यार्थी संगठन (जातीयतावादी छात्र दल ‘जेसीडी’ ) ले दोहोरो नागरिकताधारीहरुलाई पनि उम्मेदवारीको अवसर दिनुपर्ने पक्षमा लबिङ गरिरहेको ...
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन्। स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को बैठकमा बोल्दै बेसेन्टले अमेरिकी कर नीतिले भारत–रुसबीचको ऊर्जा व्यापारमा प्रत्यक्ष प्रभाव पारेको बताएका हुन्। भारत लामो समयदेखि रुसबाट ठूलो परिमाणमा कच्चा तेल ...
: भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। तस्बिरहरूमा विमान पोखरीमा खसेको र विमानको केही भाग पानीमुनि रहेको देखिन्छ। समाचार एजेन्सी एएनआईको एउटा भिडियोमा दुर्घटना स्थल वरिपरि ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित रहेको देखिन्छ। पीआरओ डिफेन्स विंग कमाण्डर देबार्थो धरले दुई चालक दलका सदस्य सुरक्षित रहेको बताए। उनले भने , "आज दिउँसो १२ बजे ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालको सपथ लिएका थिए । ‘यो निकै शान्दार अवधि रहृयो,’ ट्रम्पले मंगलबार भने । झन्डै १ घण्टा ४० मिनेटसम्म उनले आफ्ना कार्यकालका उपलब्धिहरुको चर्चा गरे । जसमा आप्रवासन, अमेरिकाको आर्थिक वृद्धि, व्यापार, विदेश नीतिमा उल्लेख्य सुधारलगायत ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालको सपथ लिएका थिए । ‘यो निकै शान्दार अवधि रहृयो,’ ट्रम्पले मंगलबार भने । झन्डै १ घण्टा ४० मिनेटसम्म उनले आफ्ना कार्यकालका उपलब्धिहरुको चर्चा गरे । जसमा आप्रवासन, अमेरिकाको आर्थिक वृद्धि, व्यापार, विदेश नीतिमा उल्लेख्य सुधारलगायत ...