मुख्य समाचार
कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई
कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई

। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।

शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् ।




उनले फेसबुकमार्फत नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिँदै भनेका छन्, ‘ नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात निकालेकोमा नेपाली महिला क्रिकेट टोलीप्रति हार्दिक तथा शुभकामना व्‍यक्त गर्न चाहन्छु।’

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।


यस्तै खेलकुद मन्त्री चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम भएकमा खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘ मित्र राष्ट्र भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपालले ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित टिम प्रथम भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।’

८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित टिम प्रथम भएको छ, जसमा प्रतियोगिताको अन्तिम दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ,–६३ किलोमा साहिल राई,जुनियर तर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१,–८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ रहेका छन्।

यस्तै पुरुषकै सिनियरतर्फ–५५ किलोमा एलोन श्रेष्ठ,–६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

साथै उनले ३३ गृष्मकालीन पेरिस ओलम्पिक २०२४मा भाग लिन जाने खेलाडी तथा प्रशिक्षकलाई नेपालीको शीर उँचो पार्ने गरी खेल खेल्न आग्रह गर्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...