मुख्य समाचार
उच्च अदालतले सन्दीप लामिछानेलाई के आधारमा दियो सफाइ
उच्च अदालतले सन्दीप लामिछानेलाई के आधारमा दियो सफाइ

। उच्च अदालत पाटनले घटनाको दिन पीडित १८ वर्ष पुगेको र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अकाट्य प्रमाण नभेटिएको भन्दै उनीमाथिको बलात्कारको आरोप ठहर हुन नसक्ने व्याख्या गरेको छ ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पाटनले घटना भएको दिन पीडित गौशाला–२६ को उमेर १८ वर्ष पूरा भएकाले उनलाई नाबालिग भन्न नमिल्ने व्याख्या गरेको हो ।




२ जेठ २०८१ मा उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर लामिछानेलाई सफाइ दिएको थियो । शुक्रबार त्यही फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालतले ‘पीडितको भनाइ मात्रै कसुर ठहर गर्ने प्रमाण हुन नसक्ने’ भनी व्याख्या गरेको हो ।

उच्च अदालतले पीडित गौशाला–२६ को जन्ममिति १८ असार २०६१ नै कायम हुने भनी व्याख्या गरेको छ । स्थानीय तहको जन्मदर्ता, अस्पतालको जन्मदर्ता अभिलेख रजिष्ट्रर लगायतका कागजातले पीडित घटनाको दिन १८ वर्ष पूरा भइसकेको देखिएको उच्च अदालतको व्याख्या छ ।


पीडितको उमेर निर्धारणको हकमा जिल्ला अदालतले गरेको व्याख्या सदर गर्दै न्यायाधीशद्वय भट्ट र ढकालको इजलासले ‘अन्य स्वतन्त्र प्रमाणले पीडितको भनाइ पुष्टि हुनुपर्ने’मा त्यसो हुन नसकेको भनी जिकिर गरेको हो ।

घटनाका बेलामा पीडित बाहेक अन्य व्यक्ति उपस्थित नदेखिएको, सन्दीप लामिछाने केन्यामा क्रिकेट खेल्न गएपछि जाहेरी परेको, घटनाका कारण पीडितमा कुनै चोटपटक नदेखिएको, बीर्य लगायत अरु प्रमाणको परीक्षण नभएको व्याख्या गर्दै उच्च अदालतले त्यसलाई सफाइ दिने आधार बनाएको हो ।

‘पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन मात्रै कसुर ठहर हुने अकाट्य प्रमाण हुन सक्ने देखिंदैन’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जिल्ला अदालत काठमाडौंले सँगै बसेका कारण परिस्थितिजन्य प्रमाणको रुपमा लिएको देखिए पनि त्यो स्वतः अनुमान गर्न मिल्ने नभइ ठहर गर्ने आधारबिन्दु र तथ्यको कडी एक आपसमा एकबद्ध रुपमा गाँसिएको नदेखिएको ।’

पीडितले उल्लेख गरेको विवरण सन्दीप लामिछानेले स्वीकार गरे पनि बलात्कारको आरोप अस्वीकार गरेको भन्दै उच्च अदालतले घटना विवरण स्वीकार्नुलाई मात्रै कसुर ठहर गर्ने आधार बनाउन नसकिने भनेको छ । उसले ‘शंकारहित प्रमाणको क्रमबद्धता नदेखिएको’ राय लेख्दै त्यसलाई सफाइ दिने आधार बनाएको छ ।

पीडित स्वःस्फूर्त रुपमा गाडीमा बसेको, पीडितले सहमतिमा सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा भन्न नहुने भनी न्यायाधीशहरू भट्ट र ढकालको इजलासले पीडित कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको याचना गरेको नदेखिएकाले बलात्कारको आरोप स्थापित हुन नसक्ने व्याख्या गरेको हो ।

उच्च अदालतले तथ्यहरू, अदालतको प्रतिपादित सिद्धान्त, विभिन्न व्यक्तिको बकपत्र, अकाट्य प्रमाण नभेटिएको आधार देखाइ सन्दीप लामिछानेलाई सफाइ दिएको हो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘उल्लेखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसूर भएको मान्न मिल्ने अवस्था नदेखिइ प्रतिवादीलाई पीडित साबालक ठहर गरी जबर्जस्ती करणी गरेको ठहर्‍याइ काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।’

सन्दीप लामिछानेले आफूले चाहे अनुसारको फैसला पाएकाले उनी सर्वोच्च अदालतमा जानु पर्दैन । तर पीडित गौशाला–२६ भने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछिन् । आफ्नो मागदाबी अस्वीकार भएकाले प्रतिरक्षा गरेको सरकारी वकिल फैसलाविरुद्ध पुनरावेदन पत्र लिएर सर्वोच्च अदालत जाने अभ्यास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...