मुख्य समाचार
वीरगन्जका भन्सारले यसपटक पनि राजश्व संकलनको लक्ष्य पूरा गर्न सकेनन्
वीरगन्जका भन्सारले यसपटक पनि राजश्व संकलनको लक्ष्य पूरा गर्न सकेनन्

: नेपालमा हुने कूल आयात–निर्यातको झण्डै ७० प्रतिशत अन्तर्राष्ट्रिय कारोबार हुने वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालय गत आर्थिक वर्षमा पनि राजश्व संकलनको लक्ष्य पूरा गर्न फेरि असफल भएका छन्।

गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ६४.०१ प्रतिशत मात्रै र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि लक्ष्यको ७१.७५ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेको हो।

गत आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा ८८ अर्ब ४८ करोड १९ लाख ५४ हजार रुपैयाँ कम राजश्व संकलन गरेको कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए। उनका अनुसार, गत आर्थिक वर्षमा भन्सार विभागले २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो।

तर वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा करिब ३६ प्रतिशत कम अर्थात १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको पन्थीले जानकारी दिए। गत आर्थिक वर्षमा साउनदेखि असारसम्मको १२ महिनामध्ये कुनै पनि महिनामा राजश्व संकलनको लक्ष्य पूरा गर्न नसकिएको उनले बताए।

वीरगन्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८०मा पनि राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको थियो। अघिल्लो गत आर्थिक वर्षम २०७९/८० मा भन्सार विभागले वीरगन्ज भन्सारलाई २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशत मात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो।

तर त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने वीरगन्ज भन्सारले लक्ष्य भन्दा बढी नै राजस्व संकलन गरेको थियो। आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज भन्सारले लक्ष्य भन्दा शून्य दशमलव ५४ प्रतिशतले बढि नै अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैयाँ बढि नै राजश्व संकलन गरेको थियो। तर त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजश्व असुलीको लक्ष्य पुरा गर्न असफल नै भएको थियो।

यता, वीरगन्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयपनि गत आर्थिक वर्ष २०८०/८१ मा राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ। गत आर्थिक वर्षका लागि भन्सार विभागले ६५ अर्ब ९४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ७१.७५ प्रतिशतमात्र अर्थात ४७ अर्ब ३१ करोड रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बडुवालले जानकारी दिए।

सिर्सिया सुक्खा बन्दरगाह भन्सारले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि लक्ष्यको ६२.८८ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको थियो। उक्त आर्थिक वर्षमा सिर्सिया सुक्खा बन्दरगाह भन्सारले ६७ अर्ब ४३ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो। त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा पनि सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ९४.९८ प्रतिशतमात्रै राजश्व संकलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले भने अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा राजश्व संकलनमा सुधार देखिएको बताए। गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा ४ प्रतिशत बढी नै राजश्व संकलन भएको उनले बताए। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १४ प्रतिशत व्यापार घटेको भएपनि राजश्व संकलन भने ४ प्रतिशतले बढेको उनले बताए। उनले भने, ‘यो नाकाबाट हुने अन्तर्राष्ट्रिय कारोबार अघिल्लो आर्थिक वर्षको भन्दा १४ प्रतिशतले घटेको छ। तर रेभिन्यू (राजश्व) भने बढेको छ।’

पन्थीले गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट मालवस्तुको आयात नै कम भएका कारण राजश्व संकलनको लक्ष्य पुरा गर्न नसकिएको बताए। बढी राजश्व दिने नयाँ सवारीसाधन, कोइला, खानेतेलको कच्चा पदार्थ, फलामजन्य वस्तु आदिको आयात कम भएकाले त्यसको प्रत्यक्ष असर राजश्व संकलनमा परेको उनले बताए।

पन्थीले भने,‘आर्थिक मन्दी नै त नभनौं तर नेपाली बजार अझै पनि पूर्ण रुपमा लयमा फर्किसकेको छैन। जसका कारण बजार सुस्त छ। बजार सुस्त हुँदा विदेशबाट मालवस्तुको आयात कम भइरहेको छ। मालवस्तुको आयात कम हुँदा त्यसको सिधै असर भन्सार राजश्वमा परेको हो। ’

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख बडुवालले पनि बढी राजश्व दिने नयाँ सवारीसाधन, फलामजन्य उद्योगका कच्चा पदार्थ, विवलाशीताका सामानहरूको आयात नै कम भएका कारण राजश्व संकलनको लक्ष्यको पूरा गर्न नसकिएको बताए। उनले भने, ‘जुन जुन मालवस्तुबाट बढी भन्सार राजश्व उठ्छ ती मालवस्तुकै आयात घटेको छ। त्यही कारण राजश्व संकलन पूरा हुन सकेन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...
— सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन्। अहिले ३ वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत ...
: गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ...