मुख्य समाचार
बंगलादेशमा आरक्षणको विरोधमा प्रदर्शन : त्यहाँ फसेका नेपालीसहित ३०० जना मेघालय पुगे
बंगलादेशमा आरक्षणको विरोधमा प्रदर्शन : त्यहाँ फसेका नेपालीसहित ३०० जना मेघालय पुगे

: बंगलादेशमा सरकारी जागिरमा प्रदान गरिएको आरक्षण विरोधमा जारी आन्दोलनले हाल उग्र रुप लिएको छ। प्रदर्शनकारीहरूले बिहीबार साँझ बंगलादेशको मुख्य सरकारी टेलिभिजन च्यानल बीटीभीको मुख्यालयमा आगजनी गरेका थिए। एएफपी रिपोर्टका अनुसार बिहीबार साँझ सयौं प्रदर्शनकारीहरू बीटीभीको क्याम्पसमा प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ ६० भन्दा बढी गाडीमा आगजनी गरे।


प्रधानमन्त्री शेख हसिनाले हिजो बीटीभीमा अन्तर्वार्ता दिएकी थिइन् । बिहीबार विद्यार्थी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो । एएफपी रिपोर्टका अनुसार बिहीबार भएको हिंसामा कम्तीमा २५ जनाको मृत्यु भएको समाचार विभिन्न सञ्चारमाध्यमा छन्। यसबाहेक एक हजारभन्दा बढी घाइते भएका जनाइएको छ। आन्दोलन सुरु भएयता कम्तीमा ३२ जनाको मृत्यु भइसकेको दैनिक भास्करले उल्लेख गरेको छ।

बंगलादेशमा जारी हिंसापछि त्यहाँबाट नेपाल, भुटान तथा भारतीय नागरिकको पलायन सुरु भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, हिंसा पछि त्यहाँ फसेका ३ सयभन्दा बढी भारतीय, नेपाली र भुटानी नागरिक मेघालय पुगेका छन्। तीमध्ये अधिकांश विद्यार्थी हुन् ।



सर्वोच्च अदालतद्वारा आरक्षण पुन: लागू गर्न आदेश

सन् १९७१ मा बंगलादेश स्वतन्त्र भयो । त्यही वर्षदेखि त्यहाँ ५६ प्रतिशत कोटा प्रणाली लागू भएको थियो। जसमा स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत, पिछडिएका जिल्लालाई १० प्रतिशत, महिलालाई १० प्रतिशत, अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई १ प्रतिशत आरक्षण दिइएको थियो।

सन् २०१८ मा चार महिनासम्म चलेको विद्यार्थीको विरोध आन्दोलनपछि हसिना सरकारले नै कोटा प्रणाली खारेज गरेको थियो। गत ५ जुनमा सर्वोच्च अदालतले सरकारलाई पुन: आरक्षण लागू गर्न आदेश दियो। अदालतको आदेशमा आरक्षणलाई २०१८ भन्दा पहिले जस्तो थियो त्यस्तै लागू गरिनुपर्छ।

शेख हसिना सरकारले सर्वोच्च अदालतको यो निर्णयविरुद्ध अपिल पनि गरेको थियो तर सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई कायम राख्यो । यसले विद्यार्थीहरू आक्रोशित भए र अहिले त्यसकै विरोधमा देशैभर आन्दोलन भइरहेको छ ।


विद्यार्थीले न्याय पाउने प्रधानमन्त्री हसिनाको आश्वासन

यसअघि बुधबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन्। उनले आरक्षणविरुद्धको आन्दोलनमा भएका मृत्युको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने घोषणा गरेकी छन्। यस क्रममा शेख हसिनाले आन्दोलनरत विद्यार्थीहरूलाई देशको न्यायिक प्रणालीमा विश्वास कायम राख्न अपिल गरिन् । उनले विद्यार्थीलाई न्याय पाउने आश्वासन दिइन्।

शेख हसिनाले आरक्षण आन्दोलनमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले विद्यार्थीलाई अपिल गर्दै भनिन्, ‘हत्या गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने जुनसुकै दलका भए पनि कारबाही गरिने छ।'

यो वर्ष जनवरीमा भएको आम निर्वाचनपछि पहिलो पटक बंगलादेशमा यति ठूलो प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...