मुख्य समाचार
एडेलले संगीतबाट विश्राम लिने, भन्छिन्- यो समय अन्य रचनात्मक काम गर्न चाहन्छु
एडेलले संगीतबाट विश्राम लिने, भन्छिन्- यो समय अन्य रचनात्मक काम गर्न चाहन्छु

। विश्वप्रसिद्ध गायिका एडेलले अहिले भैरहेको सांगीतिक टूरपछि आफूले ‘सांगीतिक विश्राम’ लिने खुलासा गरेकी छन् । ‘मेरो ट्यांकी यो समय रित्तो छ’ जर्मनीको म्युनिखमा जेडडीएफ मिडियासँग उनले भनिन्, ‘मसँग यो समय नयाँ संगीतको लागि कुनै योजना छैन ।’

उनले भनिन्, ‘म यो सबैपछि ठूलो ब्रेक चाहन्छु र मलाई लाग्छ कि म केहि समयको लागि अन्य रचनात्मक चीजहरू गर्न चाहन्छु । यतिसम्मकी म घरमा समेत गीत गाउँदिन । यो कति अचम्मको कुरा हो ?’


पपस्टारको पछिल्लो एल्बम सन् २०२१ मा रिलिज भएको थियो । उनले पछिल्ला दुई वर्ष अमेरिकाको लस–भेगासमा बिताएकी थिइन् । उनले हालै ४ हजार सिट क्षमताको सिजर प्यालेसमा ९० औं शो पुरा गरिन् ।

उनको शो नोभेम्बरमा सकिनेछ । उनले यो दौरान आफू भावनात्मक रुपमा खस्किएको अनुभव गरिन् । ‘हुन त दर्शकको यो भीड व्यवस्थित गर्न सकिने आकारकै हो । वास्तवमै यसमा भावनात्मक आदानप्रदान पनि भएको छ’ उनले भनिन् ।


‘म पक्का छु कि म्युनिखमा शो पछि हरेक रात त्योे कुरालाई अझ बढी महसुस गर्नेछु । तर यो एक सकारात्मक कुरा हो । यो केवल ऊर्जाको यस्तो आदानप्रदान हो ।’

तर, प्रत्येक भेगास कन्सर्टहरु योजनाअनुसार भएका छैनन् ।

उनको म्युनिखको शो लस–भेगास रेसिडेन्सीभन्दा पूर्णतः भिन्न हुनेछ । यो शोमा उनलाई ७४ हजार दर्शकले हेर्ने अपेक्षा गरिएको छ । ३६ वर्षिया बेलायती गायिका एडेलले १६ पटक ग्रामी अवार्ड जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...