मुख्य समाचार
अमेरिकामा चारजनामा बर्डफ्लु सङ्क्रमण पुष्टि
अमेरिकामा चारजनामा बर्डफ्लु सङ्क्रमण पुष्टि

: कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ ।



सङ्क्रमित चारै जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ ।

यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने लक्षण देखिने गर्छन् ।



सन् २०२२ पछिको कुखुरा फार्ममा काम गर्ने कामदारहरूमा बर्ड फ्लू सङ्क्रमणको यो पहिलो घटना हो । कोलोराडो कुखुरा फार्ममा काम गर्नेहरूमा एच–५ को पहिलो केस रिपोर्ट गरिएको सीडीसीले उल्लेख गरेको छ ।

बर्ड फ्लूको प्रकोपले अमेरिकाका ४८ राज्यहरूमा जुलाई १२ सम्म प्रभावित गरेको सीडीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।
— दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुस २४ गते पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्ने जानकारी गराएका हुन् । भट्टराईका अनुसार वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्दै पर्यापर्यटन प्रबर्द्धनमा योगदान ...
सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम