मुख्य समाचार
अमेरिकामा चारजनामा बर्डफ्लु सङ्क्रमण पुष्टि
अमेरिकामा चारजनामा बर्डफ्लु सङ्क्रमण पुष्टि

: कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ ।



सङ्क्रमित चारै जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ ।

यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने लक्षण देखिने गर्छन् ।



सन् २०२२ पछिको कुखुरा फार्ममा काम गर्ने कामदारहरूमा बर्ड फ्लू सङ्क्रमणको यो पहिलो घटना हो । कोलोराडो कुखुरा फार्ममा काम गर्नेहरूमा एच–५ को पहिलो केस रिपोर्ट गरिएको सीडीसीले उल्लेख गरेको छ ।

बर्ड फ्लूको प्रकोपले अमेरिकाका ४८ राज्यहरूमा जुलाई १२ सम्म प्रभावित गरेको सीडीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुने
एमालेको ११औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको संख्या टुंगो
नेपालमा गतिलो फोरजी छैन, फाइभजी त परको कुरा : एनसेल सीईओ फोले
नर्सिङ पढाउन आफ्नै १ सय बेडको अस्पताल चाहिने व्यवस्था हटाउन सुझाव
प्रधानमन्त्री कार्कीलाई प्रसाईंले पहिले दिए दुर्गाको मूर्ति अनि मागे माफी