मुख्य समाचार
वीरमा चिकित्सक आन्दोलित, शल्यक्रिया प्रभावित
वीरमा चिकित्सक आन्दोलित, शल्यक्रिया प्रभावित

: वीर अस्पतालमा कार्यरत बेहोस गराउने चिकित्सक (एनेस्थेसिस्ट) हरूले जोखिम भत्ताको माग गर्दै आन्दोलनमा उत्रिँदा दुई दिन शल्यक्रिया सेवा प्रभावित भएको छ।



वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिना कुनै पूर्वजानकारी एनेस्थेसिया विभागका चिकित्सकहरू आकस्मिक रूपमा आन्दोलनमा उत्रँदा सेवा अवरुद्ध भएको जानकारी दिए। चिकित्सकहरूको आन्दोलनका कारण आइतबार र सोमबार शल्यक्रिया हुन पाएन। दुई दिनमा झन्डै ७० शल्यक्रिया सेवा अवरुद्ध भएको छ। अस्पतालमा १९ जना एनेस्थेसिस्टहरू कार्यरत छन्।

विगतमा एनेस्थेसिया चिकित्सकको सेवा सुविधा कम भएको भन्दै प्रोत्साहन स्वरूप शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउँदै आएको थियो। उक्त भत्ता कटौती भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्। एनेस्थेसियाका चिकित्सकहरूले सेवा रोक्दा शल्यक्रिया गर्न तयार बिरामीहरू प्रभावित भएका छन्। चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेको जनाउँदै अस्पताल प्रशासनले एनेस्थेसिया विभागका विभागीय प्रमुख डा. रविराम श्रेष्ठसँग लिखित रूपमा स्पष्टीकरण मागेको छ।



नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ मा हड्ताल गर्न प्रतिबन्ध छ। सो ऐनको दफा ६२ मा चिकित्सकले निर्धारित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी हड्ताल गर्न र दबाब दिन उल्लेख छ। वीर अस्पतालका निर्देशक डा. पौडेलले आन्दोलनरत चिकित्सकहरूसँग छलफल भएको जानकारी दिँदै मंगलबारदेखि सेवा सुचारु हुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...
— जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन् । मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन् । जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो । 'अब कहिले यता मन्त्रालय, कहिले ...