मुख्य समाचार
चितवनमा अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु
चितवनमा अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु

: अस्पतालको भवनबाट खसेर चितवनमा एकजना बिरामीको मृत्यु भएको छ । भरतपुरको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेर नवलपुरको हुप्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चाको मृत्यु भएको हो ।

बिहान पौने ११ बजे उनी अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेका थिए । झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भएका थिए । मृतक मगरलार्इृ आँखा नदेख्ने समस्या रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...
— जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन् । मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन् । जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो । 'अब कहिले यता मन्त्रालय, कहिले ...