मुख्य समाचार
मार्टिनेजले जिते कोपा गोल्डेन ग्लोभ्स अवार्ड
मार्टिनेजले जिते कोपा गोल्डेन ग्लोभ्स अवार्ड

। अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् ।

अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले प्रतियोगिमा ६ खेलमा जम्मा १ गोल मात्र खाए ।

अर्जेन्टिनालाई अपराजित रहँदै उपाधि जित्दा ६ खेल जितेको थियो । जसमा गोलकिपर मार्टिनेजले पाँच खेलमा कुनै गोल नखाई क्लिनसिट राखेका थिए । अर्जेन्टिनाले समूह चरणमा क्यानडालाई २-० ले, चिलीलाई १-० ले र पेरुलाई २-० ले पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा क्यानडालाई नै २-० ले हराएको अर्जेन्टिनाले फाइनलमा कोलम्बियालाई १-० ले हराउँदा मार्टिनेजले क्लिनसिट राखे ।

क्याटरफाइनलमा इक्वेडर विरुद्धको खेलमा मात्र मार्टिनेजले एक गोल बेहोरेका थिए । उक्त खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटमा पनि मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै दुई बचाउ गरेका थिए ।

मार्टिनेजले अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले रअजेन्टिनाबाट २०२१ र२०२४ को कोपा अमेरिका साथै २०२२ मा फिफा विश्वकप उपाधि जितेका छन् । उनले तीद्दवटै मुख्य प्रतियोगितामा उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

हाल प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्ने गोलकिपर मार्टिनेजले अर्जेन्टिनाका लागि ४५ खेल खेल्दा ३२ खेलमा क्लिनसिट राखेका छन् । जसमा उनले जम्मा १७ गोल बेहोरेका छन् भने ७५ सेभ गरेका छन् । उनले ३४ खेल जित्दा ९ खेल बराबरी खेलेका छन् । जम्मा दुई खेलमा मात्र पराजय बेहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...