मुख्य समाचार
लगातार तीन मुख्य ट्रफी जितेका मेसीले अब के गर्लान् ?
लगातार तीन मुख्य ट्रफी जितेका मेसीले अब के गर्लान् ?

। ६६औं मिनेटमा चोटका कारण मैदानबाट बाहिरिनुपर्दा सुपर स्टार लिओनल मेसी एकदमै निराश थिए । कोलम्बियाविरुद्ध कोपा अमेरिका फाइनलमा पहिलो रोजाइमा खेलेपनि मेसीले चोटका कारण पूरा समय मैदानमा बिताउन सकेनन् ।

मैदानबाट बाहिरिएर बेन्च पुग्दा मेसीले आफ्नो आँखाको डिलबाट आँशु रोक्न सकेनन् । फ्लोरिडास्थित हार्ड रक स्टेडियममा उपस्थित मेसीका समर्थक पनि सँगै रोए । त्यतिबेलासम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो ।



सम्भवत: मेसी आफ्नो अन्तिम मुख्य प्रतियोगिताको फाइनल पूरै खेल्दै टिमलाई च्याम्पियन बनाउन चाहन्थे । तर घाइते भएर मैदान बाहिरिँदै गर्दा आफू आफ्नो सपना पनि टाढा हुँदै गएको महसुस भएको उनको मलिन अनुहारबाट प्रष्ट देखिन्थ्यो ।

यद्यपि, आफू मैदानबाट बाहिरिए पनि ‘टिममेट’ले मेसीको अभाव हुन दिएनन् । उनी मैदानबाट बाहिर भएपनि वैकल्पिक खेलाडीको रुपमा बेन्चबाट मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक उपाधि जित्यो ।

मार्टिनजेले अर्का वैकल्पिक खेलाडी जिओभानी लो सोल्सको पासमा ११२औं मिनेटमा गोल गरे । उको एकमात्र गोल नै अर्जेन्टिनाको कीर्तिमानी गोलका लागि निर्णायक बन्यो । समूह चरणमै चार गोल गरेका उनले फाइनलमा गोल थप्दै सर्वाधिक ५ गोल समेत गरे ।


Photo :AP Photo/Rebecca Black
मेसीले गोल गर्न नसकेपनि यस पटक आफ्नो टिमलाई ऊर्जा दिने काम गरे । अर्जेन्टिनाले विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४८औं संस्करणको फाइनलमा कोलम्बियालाई १-० ले पराजित गर्दै कीर्तिमानी १६औं पटक उपाधि जित्यो ।

सुपर स्टार कप्तान लिओनल मेसीले भने लगातार दोस्रो पटक कोपा तथा समग्रमा तेस्रो पटक मुख्य उपाधि जित्दै अर्को कीर्तिमान बनाए । हाम्रो पुस्ताले हेर्न पाएको सर्वोत्कृष्ट खेलाडीले ३४ वर्षको उमेर हुँदा पनि कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको भनेर ठूलै आलोचना भएको थियो ।

यद्यपि मेसीले उमेर समूहमा भने दुई उपाधि जितिसकेका थिए । उनले सन् २००५ मा फिफा यू-२० विश्वकप र २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । ओलम्पिक २३ वर्ष मुनीको टिमले खेल्ने भएकोले सिनियर टिममा थिए ।

त्यसपछि पनि मेसीले अर्जेन्टिनाबाट कोपा अमेरिका र विश्वकपको फाइनल खेल्दा उपाधि जित्न सकेका थिएनन् । तर पछिल्ला ३ वर्षमा उनले ३ मुख्य उपाधि जितिसकेका छन् । सन् २०२१ मा कोपा अमेरिका २०२२ मा फिफा विश्वकप अनी २०२४ मा अहिले आएर कोपा अमेरिकोको उपाधि जितिसकेका छन् ।


Photo : AP Photo/Rebecca Blackwell
यस पटक मेसी पूर्ण रुपमा फिट नहुँदा समेत नकआउट चरणमा सबै खेल खेल्दै टिमका लागि प्रेरणा दिएका थिए । यस संस्करणमा मेसीले सेमिफाइनलमा एक गोल मात्र गरे ।

अबको मुख्य प्रश्न यो छ कि मेसीले जित्नुपर्ने सबै कुरा जितिसकेपछि अब के गर्लान् ? उनको भविष्य के होला ? के उनले राष्ट्रिय टिमबाट सन्यास लेलान् वा अझै खेल्लान् ?

यस्तैयस्तै प्रश्नहरु आइरहेको छ । मेसीले यसबारे केही भनेका छैनन् । सन् २०२२ को फिफा विश्वकप जितेपछि उनले यो नै आफ्नो अन्तिम विश्वकप भएको र अर्को विश्वकप नखेल्ने बताएका थिए । तर अमेरिकामै व्यावसायिक फुटबल खेल्दै आएका मेसीले अमेरिकामै भएको कोपा अमेरिका जितेपछि के अझै उनले अमेरिकासहित क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप खेल्लान् त ?

यसको उत्तर मेसीले दिएका छैनन् । अब आउने विश्वकपमा मेसी ३९ वर्ष भइसक्नेछन् । मेसीको प्रदर्शन पनि पहिलेको जस्तै छैन । त्यसैले धेरैले उनलाई अब राष्ट्रिय टिमबाट सन्यास लिन पनि सुझाव दिइरहेका छन् ।

मेसीले आफ्नो करियरमा ७ पटक कोपा अमेरिका खेल्दा ६ संस्करणमा गोल गरेका छन् । मेसी ७ संस्करण कोपा खेल्ने पहिलो अर्जेन्टनाइन खेलाडी समेत हुन् । यसक्रममा उनले १४ गोल पनि गरेका छन् । यस्तै उनी ५ पटक कोपा अमेरिका फाइनल खेल्ने पनि पहिलो खेलाडी बने ।



मेसीले कोपा अमेरिकामा सर्वाधिक ३९ खेल खेल्ने कीर्तिमान पनि बनाएका छन् । उनले क्यानडा विरुद्धको पहिलो खेल खेल्दै चिलीका सर्जियो लिभिङस्टोनको नाममा रहेको ३४ खेलको कीर्तिमान तोडेका थिए ।

यस्तै ५ पटक फिफा विश्वकप खेल्दा दुई पटक आफ्नो टिमलाई फाइनल पुर्‍याए । त्यसमा आफ्नै नेतएत्वमा एक पटक टिमलाई च्याम्पियन बनाए । उनले सन् २०१४ र २०२२ को विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्ड समेत जिते ।

मेसीले अर्जेन्टिनाका लागि १८६ खेल देल्दै १०९ गोल गरेका छन् । उनले इरानको अली दाईलाई पछि पारेका छन् । मेसीभन्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले १३० गोल गरिसकेका छन् । वर्तमान विश्व फुटबलका यी दुई स्टार अब करियरको अन्त्यतिर आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...