मुख्य समाचार
एकै दिन ८ जना नेपाली फर्किए बाकसमा
एकै दिन ८ जना नेपाली फर्किए बाकसमा

: धेरैलाई लाग्छ– विदेश गए त टन्न कमाइ हुन्छ। भविष्य सुरक्षित हुन्छ। तर, सबैको भाग्यमा त्यस्तो कहाँ हुन्छ र ? पसिना बगाउँदै गर्दा विदेशमा ज्यान पनि जान्छ। परिवार र आफन्तका सपना क्षणभरमै चकनाचुर हुन्छन्। यस्तै नियति भोगेका ८ जना नेपाली बिहीबार ‘बन्द बाकस’ मा घर फर्काइएका छन्। विभिन्न कारणले युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाएका उनीहरूका ‘टन्न कमाउने सपना’ पनि समाप्त भएका छन्।



वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा विभिन्न समयमा ज्यान गुमाएका आठ जनाको शव एकैसाथ स्वदेश पठाइएको हो। नेपाल एयरलाइन्सको वाइड बडीमार्फत शव पठाइएको नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले पुष्टि गरे। नेपाल पठाइएका श्रमिकहरूको विभिन्न कारणले फरकफरक समयमा मृत्यु भएको र केही लासहरू अलपत्र परेका थिए।

मृत्यु हुनेहरूमा मोरङका दीपक सापकोटा, नुवाकोटका रमेश ओझा, म्याग्दीका ताबिन जुग्जाली, सिन्धुलीका युवराज कुँवर, गुल्मीका बालकृष्ण थापा, दाङका हीराबहादुर डाँगी, गोर्खाका मनिष तामाङ र झापाका जीवनकुमार सिग्देल रहेका छन्। मृत्यु भएकाहरूमध्ये हीराबहादुरले आत्महत्या गरेका थिए भने मनिष तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो। दुई जनाको हृदयाघात, दुई जनाको मुटुको चाल बन्द भएर (कार्डियक एरेस्ट) र बाँकी दुई जनाको भने प्राकृतिक (नेचुलर) कारणले मृत्यु भएको जनाइएको छ।




नेपाल पठाइएका शवमध्ये ५ जनालाई वैदेशिक रोजगार बोर्डको खर्च र बाँकी ३ जनालाई उनीहरू कार्यरत कम्पनीको खर्चमा पठाइएको काउन्सिलर सुवेदीले बताए। नेपालमा श्रम अनुमति लिएर वैदेशिक रोजगारीमा गई विभिन्न कारणले मृत्यु भएमा श्रमिकहरू कार्यरत कम्पनीको अवस्था बुझी बोर्डले आफ्नो खर्चमा शव स्वदेश पठाउने गरेको छ। पर्यटक भिसामा गई काम गरिरहेका श्रमिकहरूको मृत्यु भएमा भने शव पठाउन कठिनाइ हुने गरेको छ।
मृत्यु भएकाहरूमध्ये रमेश ओझा, दीपक सापकोटा, युवराज कुँवर र ताबिन जुग्जालीका लास केही दिन अलपत्र परेको थियो। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को सहयोगमा नेपालमा रहेका परिवारको खोजी गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ।

पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले विभिन्न देशहरूमा रोजगारी गरिरहेका नेपालीहरू समस्यामा परे वा मृत्यु भएमा आफ्नो संस्थाले सहयोग र सहजीकरण गर्ने गरेको बताए। श्रम काउन्सिलर सुवेदीका अनुसार पछिल्लो आर्थिक वर्षमा यूएईमा मात्र २ सय २२ जना नेपालीहरूको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु प्राकृतिक भनिए पनि यसबारे थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ। यूएईमा आएर आत्महत्या गर्नेहरूको संख्या पनि उत्तिकै छ।

गत जनवरी १ देखि अहिलेसम्म ६ महिनाको अवधिमा मात्र यूएईमा १ सय ३४ जना नेपालीहरूको मृत्यु भएको छ। जसमध्ये २८ जना श्रमिकहरूले आत्महत्या गरेका छन्। हृदयाघातको (प्राकृतिक) कारण ८६ जनाको मृत्यु भएको छ। पारिवारिक र अन्य कारणले उत्पन्न तनावलाई व्यवस्थापन गर्न नसक्नाले आत्महत्याको संख्या बढेको हुन सक्ने उनको भनाइ छ।

मृत्यु हुनेमा अधिकांश कुनै पनि सीप नभएका (साधारण लेबर) काममा काम गर्ने श्रमिकहरू हुन्। त्यसैकारण विदेश आउनुअघि सीप सिकेर आउनुपर्ने श्रम काउन्सिलर सुवेदीको सुझाव छ। विदेशको कानुन, हावापानी, ट्राफिक नियम आदिको ज्ञानको अभावमा धेरै नेपालीहरूको मृत्यु हुने गरेकोले सचेतना वृद्धि गर्नुपर्ने उनको भनाइ छ। नेपालमा म्यानपावर कम्पनीले भनेको तलब नपाएर कम्पनी छोडेर भाग्नाले धेरै नेपालीहरू समस्यामा परेका छन्।

पछिल्लो समय यूएईमा मृत्यु हुनेहरूको संख्यामा निकै वृद्धि भएको नेपाल समाजका अध्यक्ष वेदप्रसाद अर्यालले बताए। दलालहरूको प्रलोभनमा परी पर्यटक भिसामा आएर काम खोज्ने र श्रम गरेर आएकाहरू पनि कम्पनीको अनुमति बिना बाहिर काम गर्न कम्पनी छोडेर भाग्ने प्रवृत्ति बढ्नाले झन् समस्या थपिदिएको अर्यालले बताए। पछिल्लो एक महिनामा मात्र झन्डै २५ जना नेपालीका शव नेपाल पठाइएको छ, तीमध्ये धेरै कागजातविहीन (गैरकानुनी) रहेका थिए, अर्यालले बताए।

यूएईमा हाल ६ लाखभन्दा बढी नेपालीहरू रहेको अनुमान छ। तीमध्ये झन्डै ३ लाख नेपालीहरू पर्यटक भिसामा यूएई आएर रोजगारी गर्नेहरू रहेको
अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ। आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए ...
। हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव ...
। नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर स्मरण गरेका छन् । हमास विद्रोहीबाट मारिएका जोशीसँगको भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले विपिनलाई सधैं सम्झिरहने पनि बताएका छन् । लर्न एण्ड अर्न कार्यक्रमका लागि विपिन इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्दाको तस्वीर फेसबुकमा पोष्ट गर्दै पूर्वराजदूत गोदारले सामाजिक सन्जालमा लेखेका ...
। छोरीहरूको उज्ज्वल भविष्य बनाउन रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो वैदेशिक रोजगारीका लागि मलेसिया गएको एक दशक भएको थियो । दशक लामो अवधि मलेसिया बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए । परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी ५ छोरीहरूको भविष्य बनाउने सपना लिएर मलेसिया गएका उनको त्यो सपना अधुरै रह्यो । १ ...
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...