मुख्य समाचार
मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन प्रयोग गर्ने बाटो खुल्यो
मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन प्रयोग गर्ने बाटो खुल्यो

: झापास्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन दोस्रो पटक हस्तान्तरण गरिएको छ। भवन हस्तान्तरण भएसँगै अब बिरामीले सुविधायुक्त नयाँ भवनबाट सेवा पाउने बाटो खुलेको छ।



सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खडकालाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्। निर्माण व्यवसायीसँग ९ बुँदे सर्तनामा पश्चात् भवन हस्तान्तरण भएको आयोजना प्रमुख पौडेलले बताए।

सो सर्तनामा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोक्का, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाल रेडक्रस सोसाइटीका झापाका सभापति लोकराज ढकाल, भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा मनोज, निर्माण व्यवसायी कुशल शर्मा, प्रेम खनाल लगायतले हस्ताक्षर गरेका छन्।




यसअघि सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुख रूपक आचार्यले सो भवन अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरलाई २०८१ जेठ २२ गते हस्तान्तरण गरेका थिए। हस्तान्तरण भएको भद्रपुर-८ स्थित नवनिर्मित भवन उद्घाटन नहुँदै छतबाट पानी रसाउन थालेपछि त्यसको चौतर्फी विरोध भएको थियो।

रंगरोगन गरी बाहिरबाट चिटिक्क बनाइएको अस्पतालको भवनभित्र छतको पानी रसाएर चुहिन थालिएको, ठाउँ–ठाउँमा वाल चर्किएको, अल्मुनियका झ्याल ढोका कमसल लगाएको, पानीका पाइप र विद्युतीय जडानमा समेत लापरबाही भएको भन्दै स्थानीयसहित राजनीति दलका प्रतिनिधिहरू समेत त्यसको प्रतिकारमा उत्रिएपछि हस्तान्तरण प्रक्रियाबाट सबैपछि हटेका थिए। त्यसपछि उनीहरूले भवनको गुणस्तरमाथि प्रश्न उठाउँदै सम्बन्धित निकायमा ज्ञापनपत्र समेत बुझाएका थिए।

चौतर्फी विरोध पश्चात् भवन निर्माण आयोजनाले निर्माण कम्पनीलाई बोलाएर पुनः त्रुटिपूर्ण कामहरू गर्न लगाएका थिए। श्री कन्टेक प्रालि काठमाडौंले २०७४ साल कार्तिक ३० गते भवन निर्माणको ठेक्का लिएको थियो। निर्माण कम्पनीले सो भवन २०७९ साल भाद्र २५ गते सम्पन्न गरेको थियो। ५० शय्याको अस्पताल बनाउन निर्माण कम्पनीले २२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँमा ठेक्का लिएको थियो।

अस्पतालको नयाँ भवनमा ६ वटा ब्लक बनाइएको छ। भवनमा देखिएका त्रुटिपूर्ण कामहरू निर्माण कम्पनीले पुनः मर्मत सम्भार गरी बनाइसकेको बताउँदै आयोजना प्रमुख पौडेलले भने, ‘भवन हस्तान्तरण भए पनि एक वर्षभित्र पुनः भवनमा कुनै पनि समस्या देखिए त्यसलाई सच्याएर अघि बढ्ने गरी सर्तनामा गरिएको छ।’

भवन निर्माण भएको झन्डै २० महिनापछि हस्तान्तरण भएको उनको भनाई छ। नवनिर्मित अस्पताल भवनको माथिल्लो तला थप्नका लागि सरकारले दुई करोड बढी बजेट छुट्टाइसकेको छ। आगामी आर्थिक वर्षमा भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने आयोजना प्रमुख पौडेलले बताए। यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खडकाले ढिलै भए पनि अब नयाँ भवनबाट सेवा प्रदान गर्ने बाटो खुलेको बताए। अहिले प्रदान गरिँदै आइरहेको सेवाहरू एकै चोटि नयाँ भवनमा सार्ने अवस्था छैन।

भवन अपुग भएकोले बिस्तारै सेवाहरू सार्दै लैजाने बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले भने, ‘अब छिट्टै ओपिडी सेवा नयाँ भवनबाट सुरु गर्ने योजना बनाएका छौँ।’ ‘भवन बनेर मात्र भएन, स्वास्थ्य सामग्री र उपकरणहरू पनि अब आवश्यक पर्छ,’ उनले भने, ‘केही सामग्री खरिद गरे पनि त्यो अपुग छ, त्यसका लागि आवश्यक बजेट चाहिन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए