मुख्य समाचार
‘प्रसाद २’ को कारण मैले ‘एनिमल’ छाड्नुपर्‍यो : विपिन कार्की
‘प्रसाद २’ को कारण मैले ‘एनिमल’ छाड्नुपर्‍यो : विपिन कार्की

। अभिनेता विपिन कार्कीले आफूले भारतीय ब्लकबस्टर फिल्म ‘एनिमल’मा काम नगर्नुको मुख्य कारण ‘प्रसाद २’ भएको खुलासा गरेका छन् । केही साताअघि अमेरिकामा एक भडकास्ट (पडकास्टको भिडियो संस्करण) अन्तर्वार्तामा कार्कीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘मैले एनिमलमा काम नगर्नुको प्रमुख कारण प्रसाद २ हो । प्रसाद २ नभएको भए मैले निश्चय नै एनिमल गर्थें ।’ उक्त भडकास्ट संवादमा कार्की सो फिल्मलाई लिएर आक्रोशित समेत सुनिए ।




आफूले ‘एनिमल’मा काम गर्न सक्ने देखेर ‘प्रसाद २’ का निर्माताले मुद्दा मामिला गर्न चाहेको समेत कार्कीले बताए । ‘उहाँहरुले मुद्दा मामिला गर्न चाहनुभएको थियो । मलाई त्यस्तो मन पर्दैन । मेरो घरमा पनि मलाई कहिल्यै मुद्दा मामिलामा नजा भनेका थिए,’ उनले भने ।

उनलाई सोधियो- तपाईंले कुन फ्रेन्चाइजीमा काम गर्न चाहनुहुन्न ? विपिनको जवाफ थियो, ‘प्रसाद ३ बन्यो भने म काम गर्न चाहन्न ।’ उनको यो जवाफले नै उनी ‘प्रसाद २’ सँग कति क्रुद्ध छन् भन्ने बुझ्न सकिन्छ ।


विपिनले ‘एनिमल’को सन्दर्भमा त्यतिबेला आफूले नेपाली फिल्म ‘फूलबारी’मा काम गरेको र बलिउड फिल्म खेल्नका लागि निर्देशकले प्रेरित गरेको किस्सा पनि सुनाए । ‘यदि तिमी एनिमल गर्छौ भने तिम्रो लागि सुटिङ नै रोक्छु भनेर रामबाबु गुरुङ दाइले भन्नुभयो । मेरो लागि यो खुसीको कुरा थियो,’ उनले भने ।

‘एनिमल’मा विपिनले अडिसन समेत दिएका थिए । उनी तीनपटक काठमाडौं–मुम्बई आउजाउ समेत गरेका थिए । अहिले पनि सन्दीप रेड्डी वांगासँग आफू सम्पर्कमा रहेको र निकट भविष्यमा सहकार्य हुनसक्ने सम्भावना रहेको पनि विपिनले अनलाइनखबरलाई बताइसकेका छन् ।

‘एनिमल’ २०८० सालमा नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...