मुख्य समाचार
अम्बानीको विवाहमा प्रबल गुरुङदेखि किम कार्दसियनसम्म सहभागी हुँदै
अम्बानीको विवाहमा प्रबल गुरुङदेखि किम कार्दसियनसम्म सहभागी हुँदै

। भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्ट शुक्रबार विवाह बन्धनमा बाँधिंदैछन् । एक महिनादेखि चलेको वैवाहिक समारोहको सिलसिला आगामी सप्ताहन्तसम्म चल्नेछ ।

रिहाना, जस्टिन बिबर लगायतका अन्तर्राष्ट्रिय सेलिब्रेटीको उपस्थितिले अम्बानीको विवाह समारोहलाई चर्चामा ल्याएको छ । शुक्रबार मुम्बईमा हुने वैवाहिक समारोहमा ए–लिस्टर कलाकारलाई समेत निम्तो गरिएको छ ।


फेसन डिजाइनर प्रबल गुरुङ अम्बानीको विवाह समारोहमा सहभागी हुन बुधबार बेलुका काठमाडौं हुँदै मुम्बई उडेका छन् । गत साता नेपाल आइपुगेका प्रबल काठमाडौंस्थित घरमा केही दिन बसेर मुम्बई उडेका हुन् ।

प्रबलले सामाजिक सञ्जालबाटै यसबारे जानकारी दिइसकेका छन् । इकोनोमिक टाइम्सले अनन्त अम्बानीको विवाहमा सहभागी हुने गेस्टको सूची सार्वजनिक गरेको छ । जसमा अर्बपति हलिउड सेलिब्रेटी किम कार्दसियन, उनकी बहिनी खोले कार्दसियन, फ्युचरिस्ट पिटर डायमान्डिस, कलाकार जेफ कुन्स र सेल्फ हेल्प प्रशिक्षक जे शेट्टी पनि विवाहमा सहभागी हुनेछन् ।


बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र टोनी ब्लेयर, पूर्वअमेरिकी विदेशमन्त्री जोन केरी, पूर्वस्वीडेनी प्रधानमन्त्री कार्ल बिल्ड, क्यानडाका पूर्व प्रधानमन्त्री स्टीफन हार्पर र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सामेल छन् ।

विवाह समारोह परम्परागत हिन्दू वैदिक अनुष्ठान अनुसार हुनेछ । १२ जुलाईमा विवाह, १३ जुलाईमा शुभ आशीर्वाद र १४ जुलाईमा रिसेप्सन तय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...