मुख्य समाचार
युरो उपाधि दौडमा स्पेन र इंग्ल्यान्ड
युरो उपाधि दौडमा स्पेन र इंग्ल्यान्ड

। जारी युरो–२०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड आमनेसामने हुने भएका छन् । गएराति भएको अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमनसहित नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

इंग्ल्यान्डले २–१ गोलअन्तरसहित युरो संस्करणमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । स्पेन भने यसअघि नै पूर्व विजेता फ्रान्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

गएरातिको अन्तिम सेमिफाइनल खेलमा इंग्यान्डविरुद्ध नेदरल्यान्ड्सले अग्रता लिएको थियो । खेलको सुरुआती समयमै लिएको अग्रता कायम गर्न नसक्दा जितको नजिक पुगेर पनि नेदरल्यान्ड बाहिरिन बाध्य बन्यो ।

नेदरल्यान्डका जाबी सिमोनले खेलको सातौं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीहरुबाट जोगाउँदै डी–बक्स एरिया बाहिरबाटै प्रहार गरेको लङ सट सिधै गोल पोस्ट चुमेको थियो । सिमोनको बलियो प्रहारलाई विपक्षी गोल रक्षकले रोक्न सकेनन् ।

तर, त्यो अग्रता गोलको खुसी धेरैबेर टिक्न सकेन । केही समयपछि इंग्ल्यान्डका बुकायो साकाले ड्रिबलिङ गर्दै प्रहार गरेको बल विपक्षी खेलाडीसँग ठोकिएर आएको रिबाउन्ड बल ह्यारी केनले सेन्टर प्रहार गरेका थिए । बल पोस्ट माथिबाट बाहिरिए पनि रोक्ने प्रयासमा नेदरल्यान्ड्सका खेलाडीबाट गल्ती हुन पुग्यो ।

भीएआर चेकका क्रममा डि–बक्स क्षेत्रभित्र गल्ती भएको देखिएपछि इंग्ल्यान्डले पेनाल्टी मौका पायो । कप्तानसमेत रहेका स्टार ह्यारी केनले त्यो अवसर गुमाएनन्, र गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले १८औं मिनेटमा गोल गरेका थिए ।


त्यसबीचमा दुवै टिमले जित आफ्नो पोल्टामा पार्न निकै प्रयास गरे पनि सफल हुन सकेन । तर, खेलको ठीक ९०औं मिनेटमा इंग्ल्यान्डकै ओली वाट्किन्सले टिमका निर्णायक गोल गरे । उक्त अग्रतालाई पुनः फर्काउन नेदरल्यान्ड्सलाई २ मिनेट इन्जुरी टाइम पर्याप्त भएन र सेमिफाइनलबाटै बाहिरियो ।

युरोमा लगातार दोस्रो पटक फाइनल पुगे पनि ब्रिटिश टिम इंग्ल्यान्ड उपाधिविहीन छ । यसअघि सन् २०२० को युरो फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

इतिहास बनाउने दुवै टिमको दाउ

लगातार दोस्रोपटक फाइनलमा पुगेको इंग्ल्यान्ड सन् २०२० मा पाएको चोट बिर्सिन चाहन्छ । अघिल्लो संस्करणको हारको बद्ला लिँदै युरो कप उचाल्न चाहन्छ ।

ग्रुप ‘सी’बाट फाइनलसम्म आएको इंल्यान्डले समूह चरणको खेलमा एक जित र २ ड्र खेलेको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई ५–३ ले हराएको थियो ।

त्यस्तै, ग्रुप ‘बी’ बाट फाइनलसम्म आइपुगेको स्पेन अपराजित छ । युरो खेलमा सन् २०१२ पछि फाइनल पुगेको स्पेन चौथो पटक उपाधि जित्ने दाउमा छ । स्पेनले यसअघि सन् १९६४ मा पहिलो पटक युरो कप जितेको थियो भने सन् २००८ र २०१२ मा मा लगातार युरो उपाधि जितेको थियो ।

स्पेनले क्वार्टफाइनलमा जर्मनीलाई पराजित गर्दैै सेमिफाइनल प्रवेश गरेको थियो । जर्मनीसँगको खेलमा स्पेनले २–१ को नतिजा निकालेको थियो भने सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । स्पेनले फ्रान्सलाई पनि २-१ ले नै पराजित गरेको थियो । स्पेनको जितमा महत्वपूर्ण गोल गरेका १६ वर्षीय लेमन यामल युरो इतिहासमै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...