मुख्य समाचार
उरुग्वेलाई हराउँदै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल
उरुग्वेलाई हराउँदै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल

। जेफरसन लेर्माको एक मात्र गोलमा उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा दश खेलाडीमा समेटिएको कोलम्बियाले उरुग्वेलाई १-० ले पराजित गर्दै फाइनल पुगेको छ ।

कोलम्बियाले यसअघि सन् २००१ मा कोपाको फाइनल खेलेको थियो । र, त्यसमा मेक्सिकोलाई पराजित गर्दै उपाधि समेत जितेको थियो । त्यसअघि १९७५ मा पहिलो पटक कोपा फाइनल खेल्दा कोलम्बिया पेरुसँग पराजित भएको थियो ।

दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको कोलम्बियाले अब १५ पटकको विजेता अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ ।

लेर्माले खेलको ३९औं मिनेटमा जेम्स रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । जारी कोपामा छैटौं असिस्ट दिएका रोड्रिग्वेजले एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान राखेका छन् ।

पहिलो हाफको इन्जुरी टाइममा कोलम्बियाका डानिएन मुनोज रातो (दोहोरो पहेंलो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटिएको थियो ।

दोस्रो हाफमा १० भर्सेस ११ को अवस्थामा रहेपनि कोलम्बियामाथि उरुग्वेल गोल फर्काउन सकेन । कोलम्बियाले दोस्रो हाफको अन्त्यतिर गोल गर्ने दुई राम्रो अवसर गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...