मुख्य समाचार
फाइनल पुगेपछि अर्जेन्टिनाका प्रशिक्षकले भने : यो गुलाबको ओछ्यान होइन
फाइनल पुगेपछि अर्जेन्टिनाका प्रशिक्षकले भने : यो गुलाबको ओछ्यान होइन

। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कोपा अमेरिका २०२४ को फाइनलसम्मको यात्रा सजिलो नभएको बताएका छन् ।

बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गर्दै लगातार कोपाको फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र कप्तान लिओनल मेसीले गोल गरे ।

४८औं वरियतामा रहेको क्यानडाले पहिलो वरियतामा रहेको अर्जेन्टिनालाई स्तब्ध पार्ने योजना बनाए पनि पूरा गर्न सकेन ।

तर अर्जेन्टिनाको खेल खेल सहज नभएको प्रशिक्षक स्कालोनीले बताए । ‘फाइनलसम्मको यात्रा एकदमै कठिन थियो । यो कठिन थियो किनकी त्यहाँ पुग्न कति गाह्रो हुन्छ हामीलाई थाहा थियो’, स्कालोनीले रिपोर्ट्ससँग भने ।

उनले अगाडि भने, ‘सबैले सोच्छन् यो गुलाबको ओछ्यान हो तर त्यस्तो होइन । क्यानडाले कठिन विपक्षी भएको कुरा आज प्रमाणित गरिसकेको छ’, उनले भने ।

अर्जेन्टिनाका लागि कप्तान मेसीसहित धेरै सिनियर खेलाडीको यो अन्तिम कोपा हुन सक्छ । त्यसैले पनि अर्जेन्टाइन टिम यस पटक जसरी पनि कोपा जित्दै उनीहरुको बिदाइ सुखद बनाउन चाहन्छ ।

३६ वर्षीय एन्जल डि मारियाले गत वर्ष नै कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । ३७ वर्षीय मेसी र ३६ वर्षीय निकोलस ओटामन्डी पनि करियरको अन्त्यतिर छन् ।

‘तपाईंलाई थाहा छ एन्जल डि मारियाका लागि म के महसुस गर्छु भनेर । हामी उनले आवश्यकता भन्दा चाँडै सन्यास लिउन् भन्ने चाहन्नौँ’, स्कालोनीले भने ।

यस्तै लिओनल मेसीको हकमा पनि स्कालोनीको उस्तै भनाइ छ । ‘लियो (मेसी) को हकमा पनि डि मारिया जस्तै हो । हामीले उसलाई कहिल्यै ढोका बन्द गर्ने गर्ने छैनौँ । उनी जबसम्म चाहन्छन् हाम्रो टोलीसँग रहन सक्छन्’, उनले भने ।

अर्जेन्टिनाले आइतबार हुने फाइनलमा कोलम्बिया र उरुग्वेबीचको खेलको बिजेतासँग खेल्नेछ । कोलम्बिया २७ खेलसम्म अपराजित छ भने उरुग्वेले अर्जेन्टिनासमान सर्वाधिक १५ पटक कोपा जितेको छ ।

‘फाइनलका सम्भावित दुवै टिम उत्कृष्ट छन् । मैले एउटा टिम छान्न उपयुक्त हुँदैन’, स्कालोनीले फाइनल खेल रोमाञ्चक हुने बताए ।

स्कालोनीकै प्रशिक्षणमा अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिललाई उसैको मैदानमा हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप पनि अर्जेन्टिनाले जितेको थियो ।

अर्जेन्टिनासँग पराजित भएपछि क्यानडाका प्रशिक्षक जेसी मार्सले भने आफ्नो टिमप्रति गर्व लागेको बताएका छन् । ‘मलाई थाहा छ खेलाडीहरु निराश छन् तर म उनीहरुप्रति गर्व गर्छु’, मार्सले भने, ‘हामीले एकसाथ केही राम्रो प्रदर्शन गर्‍यौँ । यो एउटा प्रक्रियाको सुरुवात हो ।’

क्यानडा कोपा अमेरिकाको पहिलो सहभागितामै सेमिफाइनल पुगेको हो । यसअघि उद्घाटन खेलमा पनि क्यानडा अर्जेन्टिनासँग २-० ले नै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...