मुख्य समाचार
शाकिराले कोपा अमेरिकाको समापनमा प्रस्तुति दिने
शाकिराले कोपा अमेरिकाको समापनमा प्रस्तुति दिने

। विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् । उनले अर्को एक खेल समारोहमा सांगीतिक प्रस्तुति दिने तय भएको छ । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् ।

कनमेबोलद्वारा जारी वक्तव्यमा खेल इतिहासको सबैभन्दा पुरानो प्रतियोगितामध्येको एक कोपा अमेरिकाको फाइनलमा शाकिरा प्रस्तुति दिने पहिलो कलाकारको रुपमा हुने उल्लेख छ ।




‘शाकिरा एक असाधारण दक्षिण अमेरिकी स्टार हुन्, जसले सारा संसारलाई चकित पारेकी छन्,’ कनमेबोलका अध्यक्ष अलेजान्ड्रो डोमिङ्ग्वेजले भनेका छन्, ‘उनका गीत ग्रहका सबै कुनामा गाइन्छ र नाचिन्छन् । उनको कला सिमाना पार गरेर लाखौं मानिसमा पुग्ने गरेको छ । हामी विश्वस्त छौं कोपा अमेरिका २०२४ को स्टेजमा उनको माध्यमबाट खेलमा जोश र एकताको सन्देशलाई बढावा दिनेछ ।’

शाकिरा नयाँ एल्बम ‘लास मुजेरेस या नो लोरान’ लाई लिएर नोभेम्बरदेखि विश्व भ्रमणमा निस्कने तयारीमा छिन् । उनीसँग उत्तर अमेरिकामा १४ वटा एरिना शो तय छन् ।



४७ वर्षीया गायिका र गीतकारले सन् २०१० मा दक्षिण अफ्रिका र २००६ मा जर्मनीमा भएको विश्वकपका लागि थिम गीतहरू उपलब्ध गराएकी थिइन् । उनले २००६ को बर्लिनमा भएको विश्वकपको फाइनलमा ‘हिप्स डोन्ट लाइ’ गाइन् ।

चार वर्षपछि उनको आकर्षक गीत ‘वाका वाका दिस टाइम फर अफ्रिका’ सन् २०१० को विश्वकपको गान बन्यो । उनले ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपको गीत ‘ला ला ला’ पनि लेखिन् र गाइन् ।

कोपा अमेरिकाको फाइनल अमेरिकी समयानुसार नेपाली समयानुसार आगामी सोमबार बिहान पौने ६ बजे हुनेछ । फ्लोरिडाको मियामीस्थित हार्ड रक रंगशालामा हुने फाइनलमा ५४ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...