मुख्य समाचार
प्रतीक्षित हलिउड फिल्म ‘ग्लाडिएटर २’ को एक्सनप्रधान ट्रेलर सार्वजनिक
प्रतीक्षित हलिउड फिल्म ‘ग्लाडिएटर २’ को एक्सनप्रधान ट्रेलर सार्वजनिक

। यस शरद ऋतुको प्रतीक्षितमध्येको एक हलिउड फिल्मको पहिलो ट्रेलर आइपुगेको छ । सन् २००० मा अस्कर जितेको निर्देशक राइड्ली स्कटको ब्लकबस्टर ‘ग्लाडिएटर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक भएको हो ।

नोभेम्बरमा हलमा रिलिज हुने फिल्मको ट्रेलरले रसेल क्रोको ठाउँमा देखिएका पौल मेस्कलको फस्टलुक प्रस्तुत गर्छ । मेस्कलले लुसिला (कोनी निल्सन) र दिवगंत लुसियस भेरसको छोरा लुसियसको भूमिकामा अभिनय गरेका छन् ।




उक्त पात्रले पहिलो भागमा क्रोको म्याक्सिमसको विनाशकारी नायकलाई सम्झाउँछ । उसको साहसबाट प्रेरित भएर दास लुसियसले नयाँ सम्राट काराकल्ला (जोसेफ क्विन) र गेटा (फ्रेड हेचिन्गर)लाई हराउने वाचा गर्छ ।

ट्रेलरमा टिम म्याकइनर्नी र फर्कने डेरेक जेकोबीको संक्षिप्त झलक देखाइएको छ । एरिनाको लडाइँमा लुसियसले तरवार, तीर, जहाज, भीड, पानी र चिच्याहटको साथ पाएका टिम म्याकइनर्नी र फर्कने डेरेक जेकोबी तथा रगतले लतपतिएको अजंगको गैंडालाई हराउनुपर्छ ।



ट्रेलरमा ह्यान्स जिम्मरले सिर्जना गरेको हलचल मच्चाउने साउन्ड ट्रयाक पनि समावेश छ । गत जुनमा छायांकन सुरु भएको फिल्मको काम हलिउडमा चलेको हड्तालले अवरोध भएको थियो । त्यसपछि डिसेम्बरमा सुरु भएर जनवरीमा छायांकन टुंगियो ।

यो फिल्म नोभेम्बरमा विश्वव्यापी प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...