मुख्य समाचार
वाट्किन्सको इन्जुरी टाइमको गोलमा इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोको फाइनलमा
वाट्किन्सको इन्जुरी टाइमको गोलमा इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोको फाइनलमा

। ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल मदतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याए ।

इंग्लयाण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो ।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले पहिले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । जावी सिमोन्सले खेलको सातौं मिनेटमै गोल गर्दै डच टोलीलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहेन ।

१८औं मिनेटमा इंग्लयाण्डका कप्तान ह्यारी केनले विवादित पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेदरल्याण्ड्सका डेन्जल डमफ्रिसले केनलाई पेनाल्टी बक्समा फल गरेपछि भिएआरको सहयोगमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । जसमा केनले कुनै गल्ती नगरी गोल गरे ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । खेल अतिरिक्त समयतर्फ धकेलिरहेका बेला वैकःपिक खेलाडी वाट्किन्सले निर्णायक गोल गरे ।

८१औं मिनेटमा केनको स्थानमा मैदान प्रवेश गरेका वाटमिन्ट्सले कोल पाल्मरको पासमा गोल गरेका थिए । पाल्मर पनि ८१औं मिनेटमै फिल फोडेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...