मुख्य समाचार
प्रधानमन्त्रीले अझै राजनीतिक खेल बुझ्नुभएको छैन : केसी
प्रधानमन्त्रीले अझै राजनीतिक खेल बुझ्नुभएको छैन : केसी

। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै क्षेत्रमा सबल हुनेवाला रहेको भन्ने स्वर सुनिरहेको बताए । तर, आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँग लामो समयदेखि संगत गरेकाले खेल सबै बुझेको उनले सुनाए ।

‘नेपालमा बहुदलीय व्यवस्था ल्याउँदा र यो व्यवस्था ल्याइसकेपछि म यिनै ठूला पार्टीसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिएँ– यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिनुभयो ?’ केसीले भने ।

तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । ‘सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो ? कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ?’ उनले प्रश्न गरे ।



पछिल्लो पटक कांग्रेससँगको समीकरण बदलिएर एमालेसँग समीकरण बनाउँदा प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनका लागि नगरिएको उनले बताए ।

‘पछिल्लो पटक तपाईंलाई पाँचै वर्षको लागि सत्तामा शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । तपाईंले बल्ल भोग्नुभयो,’ केसीले भने ।

एमालेसँगको समीकरणपछि मन्त्रिपरिषद् गठन हुँदै यसको दृश्य देखिएको उनको दाबी छ ।

‘तपाईंको भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ– केही न केही त पक्कै छ ।’

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिसिनु नै प्रचण्डको सत्ता बर्हिगमनको कारण भएको उनको भनाइ छ ।

‘बूढानीलकण्ठको आफ्नो पार्टीभित्र केही विवाद भएको कारणलाई आधार बनाएर फुत्त तपाईं (प्रचण्ड) बालकोट पुग्नुभयो । त्यसको परिणाम भोग्नुभएको छ अहिले । अब केही गरे पनि दुइटा ठूला पार्टी मिसिइसकेपछि हुनेवाला केही छैन । मुखको तितो पोख्ने कुरा मात्रै हो,’ सांसद केसीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीमा १० किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ५ सखुअवाका २१ वर्षीय पंकज साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले घरमा लुकाइ राखेको १० किलो गाँजासहित उनलाई पक्राउ गरेको हो । पंकजलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको ...
: राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने चर्चाले पछिल्लो समय साना दलभित्र उत्साह र भय दुवै किसिमको संकेत देखिन थालेको छ। नेपाली राजनीतिमा दलहरू एकीकृत हुने र विभाजनको शृङ्खला पनि लगभग एउटै समयमा चल्ने गरेको तितो यथार्थ विगतमा पनि देखिएको छ। अध्यादेश आउने आशंकाको भयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै प्रमुख ...
। गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई सूचना आयो, ‘प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन गरेर चेक कटाइँदैछ ।’ भैंसेपाटी प्रहरीकी इञ्चार्ज बिनुकुमारी शाहीकै उपस्थितिमा ‘पीडित र पीडक’बीच मिलापत्र हुँदै गरेको सूचना थियो । प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाही केहीअघि मात्र लागूऔषध नियन्त्रणमा राम्रो काम गरेको ...
। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्न अर्थ मन्त्रालय केन्द्रीत हुने बताएका छन् । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताए । अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी ...
। नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशनमान सिंहले लक्ष्य अनुसार काम गर्न सकेको दाबी गरेका छन् । ३१ असारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका सिंह मन्त्रालयले लिएको अधिकांश लक्ष्य भेटेको दाबी गर्छन् । तर, उनले कार्यकालको १ सय दिनभित्र लक्ष्य प्राप्त गरेको दाबी गरेका आयोजना भने कुनै पनि नयाँ होइनन् । निर्माणाधीन आयोजनाहरू ...