मुख्य समाचार
हालसम्मकै ठुलो साइबर हमला, १० अर्ब पासवर्ड लिक
हालसम्मकै ठुलो साइबर हमला, १० अर्ब पासवर्ड लिक

साइबर ह्याकरहरूले गरेको एउटा भयानक साइबर आक्रमणबाट करिब १० अर्ब पासवर्ड लिक भएका छन् । त्यसमा विश्वभरका प्रयोगकर्ताका डेटा लिक भएका हुन् ।

ओबामा केयर नामक ह्याकरले ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ पासवर्ड ब्रिच फोरममा लिक गरिदिएको हो ।


उक्त फाइलको नाम Rockyou2024 हो, जसलाई इन्टरनेटमा पोस्ट गरिएको छ । ती मध्ये कैयन् पासवर्डहरू विश्वका विभिन्न सेलिब्रेटीका समेत रहेका छन् ।

फोर्ब्सका अनुसार साइबर आक्रमणमा यतिधेरै पासवर्ड एकसाथ चोरी तथा लिक भएको यो पहिलोपटक हो ।



साइबरन्यूज डटकम अनुसार ObamaCare नामका एक प्रयोगकर्ताले जुलाई ४ मा साइबर फोरममा एउटा फाइल पोस्ट गरेको छ । उक्त फाइलको नाम rockyou2024.txt हो, जसमा विभिन्न डेटाहरु संलग्न छन् ।

विभिन्न सेलिब्रेटी लगायतका अनलाइन अकाउन्ट ह्याक गरेर ह्याकरहरुले ती विवरणहरु प्राप्त गरेका हुन् । यसमा सन् २०२१ देखि सन् २०२४ सम्मको अवधिमा लिक गरिएका पासवर्डहरु सामेल छन् ।

Rockyou2024 ले पहिलोपटक साइबर आक्रमण गरी डेटा लिक गरेको होइन । रिपोर्ट अनुसार यसअघि पनि उसले करीब ८ अर्ब ४० करोड पासवर्ड लिक गरेको थियो ।

पछिल्लो घटनाले विश्वभरका आम इन्टरनेट प्रयोगकतामा साइबर आक्रमणको जोखिम बढाएको छ ।

लिक भएका विभिन्न अकाउन्टका क्रेडेन्सियलहरुका आधारमा उनीहरुका अनलाइन अकाउन्टमा अन्य व्यक्तिले अनधिकृत रुपमा पहुँच स्थापित गर्ने खतरा रहेको छ ।

त्यसैले आफ्ना अनलाइन अकाउन्टहरुको पासवर्ड रिसेट गर्न, टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्न र पासवर्ड म्यानेजरको उपयोग गर्न साइबर विज्ञहरुको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...